१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

काठमाडौं उपत्यकाका धेरैजसो शैक्षिक संस्था आज बन्द

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर ०७, २०८०

(एबिसि संचार )

काठमाडौं उपत्यकाका धेरैजसो शैक्षिक संस्था आज बन्द भएका छन् । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं समूहले गर्न लागेको शक्ति प्रदर्शनको कारण यातायात सेवा प्रभावित हुने भएपछि स्कुल, कलेज बन्द गर्नु परेको सञ्चालकहरुले बताएका छन् ।

युवा संघले तीन कुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले बल्खु चोकमा आज दिउँसो प्रदर्शन गर्ने तयारी छ । सरकारले दिएका कतिपय सार्वजनिक बिदाका दिनसमेत चल्ने गरेका काठमाडौंका नाम चलेका केही निजी विद्यालयले समेत आज विद्यार्थीलाई स्कुल नआउन भन्दै सूचना जारी गरेका छन् ।एकअर्काबीच आरोप–प्रत्यारोप गरिरहेका दुई समूहबीच झडप हुनसक्ने आकलन गरी सरकारले काठमाडौं उपत्यकाभरि नै आज विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]