२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

प्रहरीले काठमाडौंको केही क्षेत्र तीनकुने र बल्खुमा संचार सेवा नेटवर्क रोक्यो

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर ०७, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । प्रहरीले तीनकुने र बल्खु क्षेत्रमा सार्वजनिक संचार सेवा रोकिदिएको छ । तीनकुनेमा एमालेको भातृ संगठन युवा संघ र बल्खुमा व्यवसायी दुर्गा प्रसाइको आह्वानमा व्यवस्था परिवर्तनका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् ।

यी दुवै ठाउँमा प्रहरीले नेटवर्क जामर उपकरण चलाएर मोलाइल नेटवर्क अवरुद्ध गरेको हो । सवारीमा जडान गरिएको यो उपकरणले आफ्नो आसपासका निश्चित क्षेत्रमा मोवाइल नेटवर्क अवरुद्ध गर्छ ।

प्रहरीले नेटवर्क अवरुद्ध गरेपछि यहाँ भएका मानिसहरुका मोवाइल फोनमा नेटवर्क अवरुद्ध भएको छ । यसले प्रदर्शनकारीका मात्रै नभइ यी क्षेत्रमा रहेका सबैको मोवाइल नेटवर्क बन्द भएकोले अन्य धेरै सेवाहरु प्रभावित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!