०२ चैत्र २०८१, आइतबार
16-03-2025 , Sun
×

भालुवाङ बस दुर्घटना अपडेट

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष २८, २०८०

           (  बिदुर एम सि )

दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन । शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । २३ जनालाई उपचारकालागि बुटवल र नेपालगञ्ज पठाउने तयारी छ ।
शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो । अहिले प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका छन् । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घाइतेहरुको नाम
१.काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे , बाँया हातमा चोट
२.काठमाडौं कालीमाटी बस्ने मन्जु शर्मा, बर्ष ३८, आँखामा चोट, मध्यम
३.बाँके, निरञ्जन कोरी, बर्ष २०, बाँयाँ हात र ओठमा सामान्य चोट
४. बाँकेको नेपालगञ्ज बस्ने बर्ष २४ को आशतोष गौतम बाँया हातमा चोट, हाम फालेर बाँच्न सफल
५.रौतहट बस्ने २६ बर्षीय संजय कार्की, निधारमा र आँखामा चोट
६.बाँकेको कोहलपुर बस्ने बर्ष २१ को धनबहादुर पुन मगर, खुट्टा, हात र कम्मरमा चोट
७.भारत बस्ने २० बर्षीय छोटी सिलौटा, सिरियस
८.बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट
९.जुम्लाका १९ बर्षीय विशाल बोहरा, मुखमा चोट
१०. बाँकेका १८ बर्षीय दशरथ विक, हात,खुट्टा र निधारमा चोट
११.बाँकेका १९ बर्षीय नफिज खान, ढाड र कोखामा चोट
१२.डोल्पाका ३५ बर्षीया धनकली बुढा, मुखमा चोट
१३.बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर
१४. समिर नेपाली, चालक
१५. काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, ढाडमा चोट
१६.बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वली, खुट्टामा चोट
१७.बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, ढाडमा चोक, मध्यम
१८. बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, खलासी, दाहिने हातमा चोट
१९. भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर, दाहिने हात भाच्चिएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

  दाङ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका […]

error: Content is protected !!