२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बलात्कार गरेको आरोपमा बाराबाट एकजना पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष २९, २०८०

(एबिसि संचार )                                                              बाराबाट झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको अभियोगमा बाराबाट एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा शनिबार एक झारफुक गर्ने पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरी बताउँछ । बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सर्लाहीबाट आएकी नाबालिगलाई झारफुक गर्ने बहानामा बलात्कार भएको खबर आउनसाथ पीडकलाई पक्राउ गरिएको जनाए । प्रहरी स्रोतका अनुसार मण्डल केही समयदेखि झारफुक गर्ने काम गर्दै आएका थिए । प्रहरी भन्छ–‘त्यही क्रममा बालिका मण्डलकोमा कहाँ झारफुक गराउन पुगेकी थिइन्, यही बेला मण्डलले जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’ जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मण्डललाई  प्रहरी थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि  बढाइएको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]