०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

बलात्कार गरेको आरोपमा बाराबाट एकजना पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष २९, २०८०

(एबिसि संचार )                                                              बाराबाट झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको अभियोगमा बाराबाट एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा शनिबार एक झारफुक गर्ने पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरी बताउँछ । बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सर्लाहीबाट आएकी नाबालिगलाई झारफुक गर्ने बहानामा बलात्कार भएको खबर आउनसाथ पीडकलाई पक्राउ गरिएको जनाए । प्रहरी स्रोतका अनुसार मण्डल केही समयदेखि झारफुक गर्ने काम गर्दै आएका थिए । प्रहरी भन्छ–‘त्यही क्रममा बालिका मण्डलकोमा कहाँ झारफुक गराउन पुगेकी थिइन्, यही बेला मण्डलले जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’ जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मण्डललाई  प्रहरी थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि  बढाइएको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!