(एबिसि संचार )
भारतबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणमा माछा प्रहरीले बरामद गरेको छ । सोमबार राति बलेरो पिकअप गाडीमा राखेर ल्याउँदै गरेको दुई हजार किलो माछासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार प्रहरीले हाटबजार लाईनबाट लु २ च ३३२९ नम्बरको पिकअप गाडीसहित सझार पछिया र चालक शिवकुमार यादवलाई नियन्त्रणमा लिएको हो ।