२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

टिकटक खुलाउन नेपाल सरकारलाई आग्रह

Logo
Abc Sanchar प्रकाशित मंगलबार, फाल्गुण ०१, २०८०

(एबिसि संचार )

चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक सामग्रीहरुका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिवद्धता जनाउँदै नेपाल सरकारलाई पत्र पठाएको हो ।आफ्ना प्रतिवद्धतासहित सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गरेर पठाइएको पत्रमा नेपालीले टिकटकलाई देशभित्र र बाहिर अत्यधिक रुचाएको पनि उल्लेख गरेको छ । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसयता नेपालमा टिकटक प्रतिबन्ध रहेको छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]