
(एबिसि संचार ) झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि सशस्त्रमाथि आक्रमण भएको नम्बर–१ बाहिनीका डिआईजी अन्जनी पोखरेलले बताए । झडप हुँदा सशस्त्रतर्फ ३ जना घाइते भएका छन् । स्थानीयतर्फ कति घाइते भए भन्नेबारे यकिन भैसकेको छैन ।