(महेन्द्र सिंह ) नेपालगन्ज १ धम्बोझी स्थित घनश्याम सोनकरले संचालन गरेको प्रदिप मासु पसलबाट अवैध ब्रोईलर कुखुराको मासु बाँके प्रहरीले बरामद गरेको छ । उक्त ६ वटा जुटको बोरा भित्र २९१ किलो छाला र हड्डि नभएको अबैध ब्रोईलर कुखुराको मासु फेलापारी बरामद गरी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको । जिल्ला प्रहरी कार्यालय बाँके एसपि सुबास चन्द्र बोहरले जानकारी दिए ।