(एबिसि संचार ) नेपाल पत्रकार महासंघले आगामी वैशाख २१ र २२ गते रुपन्देही जिल्लाको लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले महासंघको २७औँ महाधिवेशनको मिति तोकेको महासचिव रोशन पुरीले जानकारी दिए । बैठकले महासंघका सबै प्रदेशको अधिवेशन वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।