०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

५३ राउण्ड गोली बरामद

Logo
Abc Sanchar प्रकाशित बिहिबार, चैत्र २९, २०८०

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद गरेको छ ।उक्त स्थानमा हात हतियारमा प्रयोग हुने गोली माटो मुनी गाडेर राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले स्थानीय जन प्रतिनिधि समेतको रोहवरमा सो स्थान खनी हेर्दा पेस्तोलमा प्रयोग हुने उक्त गोली फेला पारेको हो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

पर्सा । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको २० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन्। हालै वीरगन्जमा सशस्त्र प्रहरीले अवैध गतिविधिहरु विरुद्ध अभियान चलाएको छ, जसमा अवैध रकमसहित व्यक्तिलाल पक्राउ गरिएको हो ।

error: Content is protected !!