२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

वैदेशिक रोजगार विभागको सर्भरमा समस्याको कारण सेवाग्राहीले सास्ती खेप्न बाध्य

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ ०८, २०८१

(ABC-Sanchar)
काठमाडौं । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सोमबार दिनभर समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा परेका हुन् ।

फेमिसको ‘सर्भर डाउन’ भएर कार्यालयबाट हुने काम ठप्प हुँदा वैदेशिक रोजगारीमा जानका लागि टिकट काटेर बसेकाहरू श्रम स्वीकृति नपाउँदा समस्यामा परेका छन् । विदेश जानेहरू श्रम स्वीकृतिका लागि बिहानदेखि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमै पुगेर पर्खेर बसेका छन् । वैदेशिक रोजगार कार्यालयको सर्भरमा आएको समस्या यो पहिलो पटक भने होइन । यसअघि पनि पटक पटक सर्भर डाउन हुने समस्या देखिँदै आएको थियो । जसले गर्दा पूर्ण रूपमा अनलाइन भनिएको श्रम स्वीकृतिको कार्यका लागि सेवाग्राही कार्यालयमै पुग्नुपर्ने बाध्यता छ । अनलाइन श्रम स्वीकृतिमा बारम्बार समस्या देखिन थालेपछि सबैको टाउको दुखाइको विषय बनेको छ । वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयले फेमिसमा देखिएको समस्या समाधानका लागि काम गर्दै आएको छ तर पनि समाधान भने हुन सकेको छैन ।

विभागका निर्देशक एवं प्रवक्ता गुरुदत्त सुवेदीले फेमिसमा आएको समस्या समाधानका लागि प्राविधिक टोलीले बिहानैदेखि काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सर्भरको समस्या समाधान हुनेबित्तिकै आज रोकिएका सबैको काम रातिसम्म भए पनि गर्छौं सकेसम्म टिकट रद्द गर्न नपरोस् भन्ने नै छ ।” हालको सर्भर कम क्षमताका रहेको तर सेवाग्राहीको चाप बढेकाले बारम्बार समस्या आउने गरेको बताइन्छ । हाल दैनिक औसत दुई हजार तीन सय जनाले श्रम स्वीकृति लिने गरेका छन् । एक दिन सर्भरमा समस्या आउँदा यसको असर १५/२० दिनसम्म पर्ने गरेको विभागका प्रवक्ता सुवेदीले बताउनुभयो । आइतबार साँझदेखि नै समस्या आएको रहेछ सोमबार दिनभर नै सर्भरमा समस्या हुँदा दुई सयभन्दा बढीको टिकट रद्द भएको बताउँदै सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले भन्नुभयो, “व्यवसायीले सस्तो टिकट काटेका हुन्छन्, त्यो टिकटको पैसा रिफन्ड हुँदैन, सर्भर डाउन हुँदा व्यवसायीलाई लाखौँ नोक्सान हुन्छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]