१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

ISIS सँग कसरी नेपाल प्रहरीको डिएसपी हेमबहादुर शाहीको नाम जोडियो प्रहरी हेडक्वार्टरले थाल्यो छानबिन

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंकामा तीनजना नेपालीको विवरण माग गरेको छ । यसरी विवरण माग गरिएकामध्ये एकजना प्रहरीकै बहालवाला डीएसपी पनि रहेका छन् । इन्टरपोलले पत्राचार गरेका तीनमध्ये एक नेपाल प्रहरीकै बहालवाला प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाही भएको खुलेको छ । १४ अक्टोबर १९७९ मा जन्मिएका शाहीको ठेगाना कैलाली हो । इन्टरपोलले उपलब्ध गराएको विवरण अनुसार शाहीको पासपोर्ट नं ०९२८३८०४ हो । उनको पासपोर्टमा इन्स्पेक्टर हुँदाकै वखतको इमेल [email protected] प्रयोग गरिएको छ ।

कान्तिपथलाई प्राप्त विवरण अनुसार, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई पत्राचार गरेपछि प्रधान कार्यालयले पनि आन्तरिक रुपमा अनुसन्धान थालेको छ ।

उक्त विवरण अनुसार, २९ जुलाई २०२४ मा एनसीबी सिंगापुरले एनसीबी काठमाडौंलाई पत्राचार गरेको हो । एनसीबी सिंगापुरले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरेको आंशका गरिरहेका तीन नेपालीको पृष्ठभूमिबारे जानकारी गराइदिन आग्रह गरेको हो ।

आतंककारी गतिविधिमा संलग्न रही ठूलो आर्थिक कारोबार गरिरहेका कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दिपेन्द्रबहादुर शाह, र कैलाली घर भएका हेमबहादुर शाहीको पृष्ठभूमि जानकारी गराउन पत्राचार गरेको हो । महेन्द्रजंग शाह गैर-आवासीय नेपाली संघ, मलेसियाको पुर्व अध्यक्ष भएको बताईएको छ ।
त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख हुँदासमेत विवादित हुँदा स्थानीयले प्रहरी कार्यालयमाथि नै ढुंगामुढा प्रहार गरेका थिए । त्यस्तै कोहलपुर प्रहरी प्रमुख हुँदा समेत तरुण दलका एक कार्यकर्तालाई गोली हान्ने धम्की दिएपछि विवादित बनेका थिए । हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन् । उनले तरुण दलका एक कार्यकर्ता सन्दीपजंग शाहसहित छ जनालाई पक्राउ गरेर- तेरो र मेरो वार भयो भाइ…तिघ्रा छेडिदिन्छु भनेको अडिओ सार्वजनिक भएसँगै उनी विवादमा मुछिएका थिए।

इन्टरपोलले महेन्द्रजंग शाहको सम्बन्ध रहेको भनेर शंका गरेको अतिवादी संगठन आईएसआईएस हो । आईएसआईएसको पुरा नाम स्लामिक स्टेट अफ इराक एण्ड सिरिया हो । अहिले यसलाई आईएस अर्थात केवल इस्लामिक स्टेट भनेर चिनिन्छ । खाडी मूलुक र अफ्रिकी मूलुकमा आईएसको ठूलो सञ्जाल बिस्तार भइसकेको छ ।

इराक र सिरियाका थुप्रै भागमा कब्जा जमाएको आईएस इजिप्ट, नाईजेरिया लगायतका थुप्रै अफ्रिकी देशमा समेत आफ्नो प्रभूत्व स्थापित गर्न सफल छ । अहिले आईएससँग अन्य थुप्रै संगठनहरु जोडिएका छन् । सन् २००६ मा आईएस आतंककारी संगठन अलकायदासँग जोडिएको थियो । बिन लादेनको हत्यापछि आतंकवादको अन्त्य हुने पश्चिमा विश्वले गरेको दाबी विपरित आईएसको प्रभाव दिन प्रतिदिन बढ्दो छ । इराकमा सद्धाम हुसेनको शासन अन्त्य भएपछि विकसित संकक्रमणका बीच आईएस शक्तिशाली बन्दै गएको हो ।

आईएससँग झन्डै ४० हजार सैनिक रहेको बताइएको छ । त्यसबाहेक आईएसमा अन्य थुप्रै व्यक्ती सहभागि छन् । इराक, सिरिया र अन्य देश समेत गरेर आईएसमा दुई लाखभन्दा बढी व्यक्ति संलग्न रहेको बताइएको छ । सन् २०१४ को जूनमा आईएससँग १५ हजार सैन्य दस्ता रहेको अनुमान लगाइएको छ । एक वर्षभित्र यो संख्या बढेर ४० हजारको आसपास पुगेको बताइन्छ ।

विश्वमा सुन्नी इस्लामिक राज्य खडा गर्ने उद्देश्यमा खुलेका अन्य विश्वव्यापी आतंकवादी संगठनभन्दा निकै छिटो आफ्नो संगठन बढाउन सफल यो अहिले पनि अझै विस्तार हुँदैछ । तालिवान र अलकायदा जस्तै उद्देश्य भए पनि यो संगठन अन्य संगठनभन्दा निकै चुस्त, सांगठनिक र आर्थिक रूपले बलियो र कट्टर देखिएको छ । श्रोत कान्तिपथबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]