१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

दसैँ मनाउन भारतबाट घर फर्किनेको लर्को जमुनाहामा सुरक्षाकर्मीहरु तैनाथ चेकजाँचमा तीव्रता

Logo
सागर थापा प्रकाशित मंगलबार, आश्विन २२, २०८१

 

बाँके । देशका अधिकांश नाकाहरुमा स्वदेश फर्किनेहरुको भीडभाड हुन थालेको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेको र अहिले जमुनाह नाकामा लर्को लाग्ने गरेको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब एक हजार ५०० व्यक्ति स्वदेश भित्रिरहेको जानकारी दिर्नुभयो । दसैँ तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन देशभरका नाका हुँदै स्वदेश फर्किनेगरेका छन् ।

पूर्वी नाका काकडभिट्टा र बीरगञ्ज, धनुषको मटियानी, जलेश्वर लगायतका नाकाबाट पनि दैनिक हजारौँको संख्यामा स्वदेश फर्किरहेका छन् । यो क्रम थप बढ्ने आँकलन गरिएको छ । यो संख्या दशैको मुखमा लाखौँ पुग्ने गरेको छ ।

पैदल मार्गबाट मात्रै नभएर दशै नजिकिएसँगै साउदी, दुबै युरोप,अमेरिका लगायतका मुलुकबाट हवाईमार्ग हुँदै स्वदेश फर्किनेहरुको संख्या समेत बढ्न थालेको छ । दशैमा हवाईमार्गबाट समेत बर्षेनी पचासौँ हजार दशैतिहार र छट पर्वमान्न स्वदेश आउने गरेका छन् ।


दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले यस्ता घटना हुन नदिन नेपाल प्रहरी सशस्त्र प्रहरी भन्सार कर्मचारी खटिएको प्रष्ट देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!