१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

कारागार भित्र अवैद्य कारोबार कैदीहरुलाई रक्सी चुरोट सूर्ति समेत विक्रि स्टीँग अपरेशन सार्वजनिक

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर ०८, २०८१

 

सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित समानहरु विक्री वितरण गरिरहेको पाईएको छ ।

स्टीँग अपरेशनको क्रममा विजय महतो र ईन्द्रजीत यादवले जेललाई ससुरालीझैँ बनाएर राखेका छन् । मुख्य नाईके रहेका महतो र दोस्रो नाइके रहेका यादवले कारागार चलाईरहेका छन् । त्यसको लागि उनले लाखौँ रुपैयाँ खर्च गरेको पनि बताइएको छ । विजय महतो सिरहा कारागार आउन मात्र २४ लाख रुपैयाँ खर्च गरेको बताइन्छ । स्टीँग अपरेशनको क्रममा रेकर्ड गरिएको एक भिडियोमा महतोले आफू यहाँ आउन २४ लाख रुपैयाँ खर्च गरेको बताएका छन् ।

“म बिजय महतो पहिला भिम फेदि कारागारमा थिए । त्यसपछि सप्तरीको राजविरा आए र तत्कालीन राजविराज कारागारका चौकिदार सलमान राइनको पावर र पैसामा सिरहा आउन सफल भएको छु । सिरहा आउँदा मलाई यहाँबाट भगाउन नानाथरी चाल चल्दै आएको छ ।”– उनले भनेका छन् ।

सिरहा जेलका नाईके भनिएका विजय महतो (सिक्री लगाएको)

सिरहा जेलमा सरकारले पठाउने कैदीहरुको राशन बेचेर करोडपति भएका छन् महतो । सिरहा कारागारको लागि आउने राशन उनले बजारमा बेच्ने गरेका छन् । खपत हुने राशन मात्र खपत गरी बाँकीका राशन बजारमा बेच्ने गरेको प्रमाण समेत न्यूज ब्यूरोले फेला पारेको छ ।

नाईके महतोले कारागार प्रशासनको मिलोमत्तोमा झूठा विवरणहरु तयार पारी सरकारबाट भारी मात्रामा राशन लिने गरेको छ । सरकारले दिने राशनको मात्र २५ प्रतिशत खर्च हुने गरेको छ । बाँकीको अन्दाजी ७५ प्रतिशत राशन उनले बजारमा बेचेर रकम लिने गरेका छन् । यसको लागि कारागार प्रशासनको प्रत्यक्ष संलग्नता बताएका छन् । उनले महिनामा कम्तीमा पनि १०० बोरा चामल बजारमा बेच्दै आएका छन् । यसको स्टीँग अपरेशनको भिडियो प्रमाण छ ।

मण्डल, गँगा मण्डल र इन्दल यादवले उनको ज्यादतीविरुद्ध आवाज उठाउँमा तीनै जनाको हातखुट्टा भाँचेका थिए विजय महतो । उनीहरुलाई हातखुट्टा भाँचेर पहाडी जिल्ला नुवाकोट जेलमा पठाए ।

एक पूर्वकैदीसँग गरिएको सानो कुराकानीमा विजय महतोले सिरहा जेललाई आफ्नो ससुराली ठान्छन् । सेवा सत्कारको लागि ससुराली र कैदीहरुको आफ्नो घर ठान्दै आएका छन् । उनलाई जतिबेला जे मन लाग्यो गर्न सक्छन् ।

यहाँसम्म की जिल्ला प्रशासन कार्यालय सिरहाबाट खटाइएका कर्मचारी पनि उनका गुलाम हुन् । प्रशासनका कर्मचारी पनि बाध्य भएर उनले भने आदेश पालना गर्नुपर्ने बाध्यता रहेको बताईन्छ । सरकारी राशन विक्रीमा भने सरकारी कर्मचारीको पनि मिलोमत्तो रहेको छ ।
नाईके महतोले कारागारको चामल चोरी गरेर बेच्दा एक पटक प्रहरीले पक्राउ पनि गरेको चामल गोदामका मालिकले बताउँछन् । आईतबार मात्र कारागारको चामल ७० बोरा लाहानको एक गोदाममा बेच्न लाग्दा सिरहा प्रहरीले पक्राउ गरेको थियो । यद्यपी, सिरहा प्रहरीले राजनीतिक दबाब र फँस्ने डरले सूचना लुकाए । प्रहरीकै एक अधिकारीले ७० बोरा चामल पक्राउ नाम नखोल्ने शर्तमा बताए ।

गरेको स्टीँग अपरेशनको क्रममा जेलको सरकारी चामल किन्दै आएकी पसले महिलाले विजय महतोको कच्चा चिठ्ठा खोलिदिएकी हुन् । उनले आफू सरकारी चामल किन्दै आएको स्वीकारेकी छन् । यो भिडियोले सिरहा जिल्ला कारागारमा भईरहेको अवैद्य धन्दाको पर्दाफास भएको हो ।

केही मिडियाहरुमा केही महिनाको अगाडीको एक भिडियो सार्वजनिक भएपछि सिरहा कारागारभित्रको धन्दाको पर्दाफास भएको हो । सिरहा कारागारभित्रै सूर्ति, चुरोटदेखि लिएर लागूऔषधसम्म समेत प्रवाह भइरहेको बताईन्छ ।

सिरहा जेलको सरकारी रासन खरिद गर्ने पसल/गोदाम

सिरहा कारागारका चौकिदार बिजय महतोले आफ्नो बचाउका लागि एमाले , कांग्रेस र अन्य ठुला नेताहरुलाई सम्पर्क गरेको एक नेताले बताए ।

जिल्ला कारागार सिरहामा कैदिहरु ५१८ मा पुरुष कैदीहरु ४३९ , ४९ महिला र ४ नाबालक कैदिहरु रहेको छ ।

जसमा जिल्ला कारागार सिरहाका चौकिदार बिजय महतोले सिरहामा विभिन्न निकायमा महिनाको पैसा बुझाउने गरेको छ ।
न्युज ब्युरोबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!