१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

बहिनीलाई बलात्कार गरेको आरोपमा बर्दियामा दाजु पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

  • महेन्द्र सिहं, बर्दिया

मंसिर १६, बर्दिया । गुलरिया हाडनाता भित्रकै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजुलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले १५ वर्षिया बहिनी बलात्कारको आरोपमा दाजुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक मुद्दा शाखा प्रमुख लक्ष्मण ओलीले जानकारी दिएका छन् ।

करिब १ महिना अघि भएको घटनामा पीडितलाई पीडकले धम्की दिएपछि गुपचुप थियो। पीडित बालिकाले केही महिनापछि फुपुलाई घटना सुनाएपछि घटना बर्दिया प्रहरी सम्म पुगेको हो।

पीडितको फुपुुले दिएको जाहेरीका आधारमा हाडनाता भित्र बलात्कार गर्ने २५ बर्षिय दाजु पर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेश नाथ बास्तोलाले बताए।

असोज महिनामा साथीको घरमा सुतेको अवस्थामा दाजुले राती ११ बजे ढोका खोल्न लगाई एकछिन काम छ भन्दै ट्वाईलेट पछाडी लगि जबरजस्ती करणी गरी कसैलाई भनेमा मार्छु भन्ने धम्कीसमेत दिएको पीडितले प्रहरी समक्ष बयान दिएको उनले बताए। आरोपीलाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बर्दिया प्रहरी प्रमुख एसपी वास्तोलाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]