१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँके सशस्त्र एसपी अधिकारी भन्नुहुन्छ सिमा सुरक्षा दशगजा क्षेत्रमा कुनैपनि अतिक्रमण हुन दिने छैनौं

Logo
प्रकाशित बिहिबार, मंसिर १९, २०७६

महेन्द्र सिंह
मंसिर १९, बाँके । बाँकेको नरैनापुरमा सीमा सुरक्षा र लागू औषध सेवन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा स्थानीयका लागि सीमा सम्वन्धि जानकारीका साथै लागू औषध विरुद्धको सचेतना कार्यक्रम छ ।

सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीको आयोजना तथा नरैनापुर गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रमका सहभागीहरुलाई सशस्त्र प्रहरी प्रमुख एसपी दीपक अधिकारीले सीमा सुरक्षाका लागि स्थानीयले ध्यान दिनुपर्ने जानकारी गराए । खुला सीमाका कारण हुन सक्ने लागू औषध ओसारपसार तथा सेवनलाई निरुत्साहित गर्न स्थानीय नै सचेत र जागरुक हुनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी प्रमुख एसपी अधिकारीले सीमा स्तम्भ सुरक्षामा स्थानीयको विशेष दायित्व हुने भन्दै दशगजा क्षेत्रमा कुनै खालको अतिक्रमण हुन नहुने बताउनुभयो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल कट्कुइँयाका प्रहरी निरिक्षक गणेश भण्डारी तथा शसस्त्र प्रहरी बल गंगापुरका प्रहरी नायब निरिक्षक खगेन्द्र विकले अन्तर्राष्ट्रिय सीमा, सीमा स्तम्भ र दशगजाका बारेमा स्थानीयलाई जानकारी दिदै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पछिल्लो एक बर्षमा लागूऔषध दुब्र्यसनीहरुले धमाधम कुलत छाड्दै सत्मार्गमा हिंड्ने प्रण गरिरहेको बताउँदै खुला सीमाका कारण बढेको जोखिम न्यूनीकरणका लागि गाउँपालिका गम्भीर रहेको बताउनुभयो । उहाँले डुडुवादेखि नरैनापुरको हुलासपुर्वासम्मका केही सीमा स्तम्भ हराएकाले सीमा स्तम्भ पुनःस्थापनाका लागि भूमिका खेल्न सशस्त्र प्रहरी बल बाँकेलाई आग्रह गर्नुभयो । नरैनापुरका सीमावर्ती स्थानीयहरु सीमाका असली रक्षक भएको बताउँदै अध्यक्ष शाहले आफ्नो जमिनको रक्षाका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।दुई सय पचास बढी स्थानीय सहभागी रहेको कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेख, ३ नम्बर वडाका अध्यक्ष राजकुमार मौर्य लगायत सहभागी रहेको बाँके सशस्त्र प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!