२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङको तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एकजना घाइते,

Logo
सागर रोका प्रकाशित बिहिबार, माघ ०३, २०८१

 

दाङ । तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ६ का २८ वर्षका सुदिप भनेर चिनिने बाबुराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार गम्भिर घाइते भएका चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि हिजो राती साढे १२ बजेतिर नर्सिङहोम नेपालगंज बाँके रिफर गरिएको थियो । बाँके बाट बाबुरामलाई आफन्तीले आज विहान ८ बजेतिर घरतिर ल्याएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता विनोदराज खत्रीले जानकारी दिनुभयो ।

बबुरामलाई आज बिहान आफन्तीले पुनः राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएका थिए । डाक्टरले चेक जाँच गर्दा सवा १० बजेतिर चौधरीलाई मृत घोषणा गरेको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिनुभयो । मृतकको शव अस्पतालमा राखिएको छ ।
स्कुटर चालक तुलसीपुर-६ का २८ वर्षका सुमन चौधरी गम्भिर घाइते भएको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिनुभयो । घाइते सुमनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि हिजो साढे ९ बजेतिर नर्सिङहोम नेपालगंज बाँके रिफर गरिएको खत्रीले बताउनुभयो ।

बिजौरीबाट भेलाहितर्फ जादै गरेको रा ८ प ३१७९ नंम्बरको स्कुटर हिजो साँझ साढे ८ बजेतिर तुलसीपुर- १६ राउतगाँउमा दुर्घटना भएको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।

स्कुटर प्रहरीले नियण्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ॥

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]