२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

राप्ती नदिकाे उत्खननमा भएको अवरोध यथावतै ।

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

महेन्द्र सिंह /बिदुर एमसी
दाङ मङ्सिर २६ दाङ देउखुरी भालुवाङ्गस्थित राप्ती नदिमा भएको उत्खननमा आएको अवरोध कायमै रहेकोे बताइएको छ ।
सरकारले आफूहरूको पिरमर्काप्रती वेवास्ता गरेर एकलौटी रूपमा नदिजन्य बस्तुहरुको ठेक्का दिएको भन्दै स्थानीय बासिन्दाहरुद्वारा राप्ती नदिमै पहरा दिएर उत्खननमा अवरोध गरिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा मानिने बड्कापथ सिचाइ अायाेजना, भालुवाङकाे शिवमन्दिर, यहाँ रहेका शिया र सुन्नी दुई मुस्लिम समुदायका मस्जिद लगायतका सिङ्गो मानव वस्ती नै जोखिममा पर्नसक्ने भनेर उनीहरू आन्दोलित भएको बताएका छन् ।
आन्दोलनमा सहभागीहरुले नदिमै रखवाली गर्नुको साथै उत्खननमा आएका केही ट्र्याक्टरहरुलाई रित्तै फर्काएका पनि थिए भने केही त जफत पनि गरेका थिए ।
वडा कार्यालयमा भएको सहमति अमान्य ।
तत्पश्चात पूर्वी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ काे अाव्हानमा साेही विषयमा सहमति जुटाउन भनेर स्थानीय बासिन्दाहरुको बैठक बोलाइएको थियो ।
वडा नम्बर १ का अध्यक्ष ताराबहादुर डिसी र आन्दोलनकारीहरुका वीच निकैबेर रस्साकस्सी पनि चल्यो ।
असन्तुष्ट पक्षका नेतृत्वकर्ता र वडाध्यक्ष डिसीका वीच त्यहाँ केही सहमति भएकोजस्तो देखापरे तापनि आमरुपमा असन्तुष्टी देखिएको हुनाले उक्त सहमति अमान्य भएको आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेका स्थानीयबासी गेमबहादुर खड्काले स्पष्ट पारेका छन् ।
हामी नेतृत्वले मानेर केगर्नु आम जनताले त मानेकै छैनन्, खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।