१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

राप्ती नदिकाे उत्खननमा भएको अवरोध यथावतै ।

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

महेन्द्र सिंह /बिदुर एमसी
दाङ मङ्सिर २६ दाङ देउखुरी भालुवाङ्गस्थित राप्ती नदिमा भएको उत्खननमा आएको अवरोध कायमै रहेकोे बताइएको छ ।
सरकारले आफूहरूको पिरमर्काप्रती वेवास्ता गरेर एकलौटी रूपमा नदिजन्य बस्तुहरुको ठेक्का दिएको भन्दै स्थानीय बासिन्दाहरुद्वारा राप्ती नदिमै पहरा दिएर उत्खननमा अवरोध गरिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा मानिने बड्कापथ सिचाइ अायाेजना, भालुवाङकाे शिवमन्दिर, यहाँ रहेका शिया र सुन्नी दुई मुस्लिम समुदायका मस्जिद लगायतका सिङ्गो मानव वस्ती नै जोखिममा पर्नसक्ने भनेर उनीहरू आन्दोलित भएको बताएका छन् ।
आन्दोलनमा सहभागीहरुले नदिमै रखवाली गर्नुको साथै उत्खननमा आएका केही ट्र्याक्टरहरुलाई रित्तै फर्काएका पनि थिए भने केही त जफत पनि गरेका थिए ।
वडा कार्यालयमा भएको सहमति अमान्य ।
तत्पश्चात पूर्वी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ काे अाव्हानमा साेही विषयमा सहमति जुटाउन भनेर स्थानीय बासिन्दाहरुको बैठक बोलाइएको थियो ।
वडा नम्बर १ का अध्यक्ष ताराबहादुर डिसी र आन्दोलनकारीहरुका वीच निकैबेर रस्साकस्सी पनि चल्यो ।
असन्तुष्ट पक्षका नेतृत्वकर्ता र वडाध्यक्ष डिसीका वीच त्यहाँ केही सहमति भएकोजस्तो देखापरे तापनि आमरुपमा असन्तुष्टी देखिएको हुनाले उक्त सहमति अमान्य भएको आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेका स्थानीयबासी गेमबहादुर खड्काले स्पष्ट पारेका छन् ।
हामी नेतृत्वले मानेर केगर्नु आम जनताले त मानेकै छैनन्, खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!