२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सरकारले एकैपटक ७८ सहसचिवको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण १६, २०८१

काठमाडौं । सरकारले एकैपटक ७८ सहसचिवको सरुवा गर्दा विभिन्न कार्यालयका प्रमुखहरु पनि फेरिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र प्रसाद रिजालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ।
त्यस्तै, १७ जना सहसचिव एकैपटक गृहमा भित्रिएका छन् । भविश्वर पाण्डे, विजयराज सुवेदी, प्रेमप्रसाद लुइँटेल, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, जगदिश्वर उपाध्याय र दिव्यराज पोखरेल र धर्मराज जोशीको बढुवा लगत्तै गृहमा पदस्थापन भएको छ ।त्यस्तै, संघीय मामिला मन्त्रालयका बलराम रिज्याल, श्रम मन्त्रालयका सुरेन्द्र पौडेल, अख्तियारका ईश्वरी प्रसाद अर्याल, नरहरी घिमिरे, माधव प्रसाद पोखरेलको पनि गृहमा सरुवा भएको छ ।
कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत आनन्द सारु, लुम्बिनी प्रदेशमा कार्यरत वेद प्रसाद खरेल, गण्डकी प्रदेशमा कार्यरत कुमानसिंह गुरुङ, सार्वजनिक खरिद अनुगमनको कार्यालयमा कार्यरत दीपकराज नेपालको पनि गृहमा पुगेका छन् ।उनीहरु सिडिओ बन्ने सपनासहित शक्ति प्रयोग गरी गृहमा गएका हुन्। तिव्र चलखेलकै कारण १५ महिना हुँदासम्म कतिपय जिल्लामा सिडिओको सरुवा हुन सकेको छैन ।अहिले नै गृहमा पाँच सहसचिवले जिम्मेवारी पाएका छैनन् । एकैपटक थप १७ जना गृहमा पुगेपछि अब ठूलो संख्यामा सिडिओको हेरफेर हुने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]