१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

घुस रकम लिएको अभियोगमा वडाध्यक्ष मगर पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी सम्बादाता काठमाडौं पुस ५ स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। नवलपरासीको रामग्राम नगरपालिका-१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास रविन्द्रप्रसाद यादवको सहयोगमा नाता, घर-गोठ प्रमाणित तथा औषधोपचारको सिफारिश गर्ने क्रममा सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगको अभियोग छ।
वडाध्यक्षले लिएको रकमको रसिद माग्दा नदिएको भन्ने उजुरी तथा अध्ययनका क्रममा सङ्कलन गरिएको प्रमाणको आधारमा आयोगको टोलीले वडाध्यक्ष मगरलाई सोही वडास्थित होली चाइल्ड स्कुल र लेखनदास यादवलाई मालपोत कार्यालय नजिकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै आयोगले शिक्षक भर्नामा अनियमितता, विज्ञान सामग्री खरिद तथा भवन निर्माणको रकम हिनामिना गरेको आरोपमा श्रीहाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जलामुद्दिन खाँ, तत्कालीन विज्ञान शिक्षक महुमद आलम खाँ तथा पूर्वप्रअ श्रीकान्त दुवेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!