१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

घुस रकम लिएको अभियोगमा वडाध्यक्ष मगर पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी सम्बादाता काठमाडौं पुस ५ स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। नवलपरासीको रामग्राम नगरपालिका-१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास रविन्द्रप्रसाद यादवको सहयोगमा नाता, घर-गोठ प्रमाणित तथा औषधोपचारको सिफारिश गर्ने क्रममा सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगको अभियोग छ।
वडाध्यक्षले लिएको रकमको रसिद माग्दा नदिएको भन्ने उजुरी तथा अध्ययनका क्रममा सङ्कलन गरिएको प्रमाणको आधारमा आयोगको टोलीले वडाध्यक्ष मगरलाई सोही वडास्थित होली चाइल्ड स्कुल र लेखनदास यादवलाई मालपोत कार्यालय नजिकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै आयोगले शिक्षक भर्नामा अनियमितता, विज्ञान सामग्री खरिद तथा भवन निर्माणको रकम हिनामिना गरेको आरोपमा श्रीहाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जलामुद्दिन खाँ, तत्कालीन विज्ञान शिक्षक महुमद आलम खाँ तथा पूर्वप्रअ श्रीकान्त दुवेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!