१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

प्रहरीमा बढेयो हस्तक्षेप आईजिपीले सरुवा गर्ने नेताले रोक्ने

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

काठमाडौै पुस १८ नेपाल प्रहरीले गरेका सरुवा नै कार्यान्वयन नभएका उदाहरण धेरै कम छन् । तर विगत ३ महिनायता तीन अधिकृतको सरुवा कार्यान्वयन नै भएनन् । आइजीपी सर्वेन्द्र खनालले पुस ४ मा २४ एसपीको सरुवा गर्दा गंगा पन्तलाई चितवन पठाए ।
चितवनका एसपी दानबहादुर मल्लको बारेमा धेरै गुनासा आएपछि उनलाई एयरपोर्टमा सरुवा गरिएको थियो । तर एसपी मल्लले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सात महिनामै आफ्नो सरुवा गरी बे’इज्जती गरेको गुनासो गरे ।
अध्यक्ष दाहालले आइजीपी खनाललाई मल्ललाई २ महिनासम्म चितवनमै राख्न निर्देशन दिए । पन्तको सरुवा रद्द भयो, मल्ल थमौती भए । मल्ल नेकपा अध्यक्ष दाहालका पूर्व पीएसओ हुन् । त्यही पीएसओको नाममा उनी अवकाश हुने बेलामा पनि चितवन जस्तो जिल्लाको एसपीमा सरुवा भएका थिए ।
नेपाल प्रहरीमा अवकाशको मिति नजिक भएका अधिकृतलाई इन्चार्ज नदिने नीति छ । तर शक्तिको आडमा उनी चितवनको एसपीमा सरुवा भए । चितवनमा गएपछि उनको ध्यान शान्ति सुरक्षातिर भन्दा पनि कसरी हुन्छ कमाउधन्दामा केन्द्रित भएका कारण उनी विवादमा पर्दैआएका थिए ।
एसपी मल्लले जु’वा अखाडादेखि मोटरसाइकल र गाडी चो’री गर्ने गि’रोहसँग घुस असुली गरेको र मातहतका चौकीहरूमा दररेट तय गरी इन्चार्ज खटाउने गरेको आरोप लाग्यो ।
दररेट अनुसार नदिने इन्चार्जलाई एक महिनामै तान्ने काम गरेपछि उनका बारेमा धेरै उजुरी प्रहरी प्रधान कार्यालयमा पनि पुगेपछि आइजीपीले उनलाई तानेका थिए । र, गंगा पन्तलाई पठाएका थिए ।
पन्त र आइजीपी खनालको गृहजिल्ला तनहुँ नै भएकाले उनले मौका पाएको अर्थ पनि कतिपयले लगाउने गरेका छन् । त्यसो त प्रहरी प्रमुखले अवकाश हुने बेलामा आफ्ना निकट केही अधिकृतलाई राम्रो ठाउँ दिने प्रवृत्ति नै नेपाल प्रहरीमा रहँदैआएको छ । तर पन्त जानै पाइनन् । आइजीपी खनालको निर्णयलाई शक्तिका आडमा एसपी मल्लले तुहाइदिएका छन् ।
२०७६ मंसिर २० मा २७ डीएसपीको सरुवा गर्दा बाजुराका उद्धवसिंह भाटको नाम जिल्ला प्रहरी कार्यालय धनुषामा थियो । भाटलाई धनुषामा सरुवा गरी उनको ठाउँमा टंकप्रसाद भट्टराईलाई पठाइएको थियो । तर भट्टराई बाटाबाटै फर्किनुपरेको बताइन्छ ।
भाटको थमौती भएपछि बाजुरामा पद सम्हाल्न गएका भट्टराई बीच बाटोबाटै फर्किन बाध्य भएका थिए । डीएसपी भाटले पनि आइजीपीको सरुवालाई चुनौती दिएरै बाजुरामा थमौती भएका छन् ।
तेस्रो घटना हो, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम शाहीको सरुवा कार्यान्वयन नहुनु । डीएसपी शाहीले २०७६ दशैंमा स्थानीय एक ठेकेदारसँग खसी मागेको भिडियो सार्वजनिक भएपछि नै प्रहरीको बदनाम भएको थियो । त्यतिबेला पनि उनलाई यथावत राखिएको थियो ।
त्यसपछि स्थानीय विद्यार्थी प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि उत्पन्न परिस्थितिमा कोहलपुर प्रहरीले वि’रोधमा उत्रिएका विद्यार्थीमाथि निर्मम लाठीचार्ज गरेर उनी वि’वादमा आएपछि २०७६ मंसिर २५ मा उनलाई सुर्खेत गणमा पठाइएको थियो ।
र, डीएसपी कुलदीप चन्दलाई पठाएको थियो । तर प्रहरी प्रधान कार्यालयले पठाएका डीएसपी चन्द कोहलपुर अहिलेसम्म जान पाएका छैनन् । विद्यार्थी आन्दोलनले उ’ग्र रुप लिएपछि पहिला जिल्ला प्रहरी कार्यालय बाँकेबाट डीएसपी शिव सिंहलाई पठाइएको थियो । तर उनी पनि जानै पाएनन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!