२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सप्तरी प्रहरीले फरार रहेका १७ जनालाई पक्राउ गरेयो

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

सप्तरी पुस २० सप्तरीमा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १७ जनालाई एकै दिन पक्राउ गरेको छ । सोमबार जिल्लाको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीको भनाइ छ ।
ज्यान मार्ने उद्योग मुद्दाका जिल्लाको खडक नगरपालिका ४ बस्ने ५८ बर्षीय इसराइल मियाँ, कुटपिट मुद्दाका बलान बिहुल गाउँपालिका ३ बस्ने ५४ बर्षीय जयराम साह, लुटपिट मुद्दामा बोदेबर्साइन नपा ९ बस्ने ४७ बर्षीय चन्देश्वर साह तेली, यही ठाउँका ५७ बर्षीय झौली मण्डललाई कुटपिट मुद्दामा पक्राउ गरिएको छ ।
कुटपिट मुद्दामै फरार रहेका बोदेबर्साइन नगरपालिका २ बस्ने ४७ बर्षीय महेन्द्र साह, सोही मुद्दामा सोही ठाउँका ३८ बर्षीय रामसुन्दर यादव, ज्यान मार्ने उद्योगमा बोदेबर्साइन नगरपालिका १० बस्ने ५९ बर्षीय खगेन्द्र यादव, कुटपिट मुद्दाका सुरुङ्गा नगरपालिका ९ बस्ने ४० बर्षीय नरसिहं चौधरी, सोही मृुद्दामा खड्क नगरपालिका ९ बस्ने फागु मण्डल, जारी मुद्दामा यही नगरपालिका ६ कि संगीताकुमारी चौधरी, यही मुद्दामा यही ठाउँका बद्री चौधरीलाई पक्राउ गरिएको छ ।
लुटपाट मुद्दामा खड्क नगरपालिका ६ का नजबुद मियाँ, ठगी मुद्दामा सोही ठाउँका राजकुमार साहलाई पक्राउ गरिएको छ भने कुटपिट अंगभंग मुद्दाका फरार अभियुक्त राजगढ गाउँपालिका २ बस्ने बलवीर कुमार यादवलाई पनि पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।
जरिवाना नतिर्नेका पारिवारिक सदस्य पक्राउ
अदालतमा मुद्दा फैसला भएपनि जरिवाना नतिरेका व्यक्तिका पारिवारिक व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।
डीएसपी भारतीका अनुसार लुटपिट मुद्दामा जरिवाना तोकिएका खडक नपा ९ बस्ने महिनारायण चौधरीको हकमा भाइ दीपनारायण चौधरी, लेनदेन मुद्दामा सोही ठाउँका मिश्रीलाल चौधरीको हकमा छोरा अरुणकुमार चौधरी र जालसाँझी मुद्दामा सोही ठाउँका सुखैर चौधरीको हकमा उनकी पत्नी सुकमारदेवी चौधरीलाई पक्राउ गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]