कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा दुई साँढे गुरु भिड्दा केही बेर भागाभागको स्थिति सिर्जना भएको छ।
सीमा क्षेत्रमा भिडिरहेका साँढेहरूलाई देखेर यात्रु तथा स्थानीय त्रसित भएका थिए। साँढेको भिडन्तका कारण केही बेर सवारी तथा पैदल यात्रुहरू रोकिनु परेको थियो।
केही बेरपछि साँढेहरू आ-आफ्नो बाटो लागेपछि स्थिति सामान्य भएको थियो।