२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

झापामा दिनहुँ हात्ती आतंक एकै रातमा ७ घरमा क्षति स्थानीयहरु चिन्तित

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

झापा पुस २३ झापाको दक्षिणी क्षेत्रका वन जंगलमा हात्ती नियन्त्रणका लागि सौर्य विद्युतीय तारबार जडान कार्य सुरु भएसँगै जंगली हात्तीले सदरमुकाम भद्रपुरमा आतंक मच्चाउन थालेका छन्।
स्थानीयले खेतबाट धानसहित अन्नबाली घर भित्राएसँगै आहारको खोजीमा रात परेपछि गाउँ पस्ने जङ्गली हात्तीले भद्रपुर नगर क्षेत्रमा केही दिनदेखि उत्पात मच्चाउँदै आएका छन्। जङ्गली हात्तीको त्रासले स्थानीय रातभर जाग्राम बस्न समेत बाध्य भएका छन्।
एकै रातमा चार ठाउँमा हात्ती आतंक
बुधबार मध्यरातमा तीन वटा जंगली हात्तीले भद्रपुरको वडा नम्बर ५, ७, ८ र ९ मा आतंक मच्चाउँदै स्थानीयको घर भत्काउँदै धान र चामल खाइ दिएका छन्।
हात्तीले एकै रात ७ वटा घरमा क्षति पुर्याएको छ।
हात्तीले भद्रपुर ५ घोडामारास्थित घिमिरे चिया बगान नजिकै बस्ने भीमबहादुर मगर र हेमा दासको टिनले बनाएको छाप्रो भत्काउँदै चामल खाइदिएका छन्। त्यस्तै भद्रपुर ७ स्थित बबलु किस्कु र भवेस राजवंशीको घर भत्काउँदै धान खाइ दिएका छन्। त्यसै गरी भद्रपुर ८ स्थित किरात कोलोनीमा वडा अध्यक्ष गौरव सुब्बाको घरमा भण्डारण गरी राखिएको धान खाँदै गणेश लिम्बूको घरको कम्पाउन्ड वाल भत्काइ दिएका छन् भने पानलाल राजवंशीको घर भत्काउँदै धान खाइ दिएका छन्।
छोराछोरीको ज्यान जोगाउनै मुस्किल
भद्रपुर ५ कि स्थानीय बिना मगरका अनुसार बुधबार राति करिब साढे १ बजे घरमा हात्ती आएको बताइन्। ‘दुई छोराछोरीसहित हामी मस्त निद्रामा थियौं। घरको पछाडिबाट टिनमा आवाज आयो। मुसाको आवाज होला भनेर हामीले वास्ता गरेनौ। एक छिनपछि टिन भत्काएको आवाज आयो। बाहिर हेर्दा हात्ती देखेपछि हामी बेस्सरी तर्सियौं’, उनले भनिन्, ‘श्रीमानलाई बोलाएर हामी हतार हतार बाहिर निस्कियौं। छोराछोरी सुतिरहेका थिए। सुतिरहेकै अवस्थामा छोराछोरीलाई तारेर बाहिर निकालेर हामीले ज्यान जोगायौं।’
‘हात्ती अग्लो न अग्लो थियो’, बिनाले भनिन्,‘हात्तीले घर भत्काएर चामल सबै खाइदियो। तर छोराछोरीको ज्यान जोगाउनै मुस्किल पर्यो।’ ‘हात्तीले मेरो घर भत्काएपछि छिमेकी हेमा दासको परिवारले पनि हात्ती आएको थाहा पायो’, उनले भनिन्,‘दास परिवार पनि हतार हतार सुतिरहेका छोराछोरी लिएर बाहिर निस्की हाले। तर हात्तीले उनको घर पनि भत्काएर छाडेँ।’
रेडक्रस र वडा अध्यक्षद्वारा राहत सामग्री वितरण
हात्तीले बुधबार राति घर भत्काएपछि नेपाल रेडक्रस सोसाइटी उप शाखा भद्रपुरले वडा ५ का भीमबहादुर मगर र हेमा दासका परिवारलाई राहत स्वरूप एक/एक थान कम्बल र तिर्पाल वितरण गरेको छ।
जाडोका बेला हात्तीले घर भत्काएपछि उपशाखाका सभापति गोपाल गिरी, दीप लिम्बू, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले सो सामग्री वितरण गरेका थिए भने ५ नम्बर वडा कार्यालयले एक/एक बण्डल टिन राहत स्वरूप प्रदान गरेकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!