२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

DIG पोख्रेलले भने प्रहरीबाट गल्ती भएको छैन दोषी भेटिए आस्था राउतलाई कार्वाही हुन्छ

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

(एबिसी संचार ब्युरो)
काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले विमानस्थलको सीसीटीभी फुटेज हेर्दा प्रारम्भिक रुपमा प्रहरीबाट कुनै गल्ती नभएको पाइएको बताएका छन् ।
त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले भिडियोमार्फत आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आरोप लगाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी थिइन् । उनले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको आस्थाको आरोप थियो ।
तर, अनुसन्धानका क्रममा प्रहरीबाट कुनै गल्ती नभएको सीसीटीभी फुटेजमार्फत पुष्टि भएको डीआईजी पोखरेलले दाबी गरे ।
उनले भने, विमानस्थलजस्तो अति संवेदनशील ठाउँमा सुरक्षा चेकजाँचको विषयलाई लिएर मुलुकको कलाकारजस्तो व्यक्तिले संगठनको बदनाम गर्नु दुखद हो । विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीले आस्था राउत, अथवा राष्ट्रिय तहका उच्च ओहोदाका वा जो कोही हुन् चेकजाँच गर्छ । अनुहार हेरेर कानुनसँग सम्झौता गर्दैन ।”
उनले यस विषयमा थप अनुसन्धान भइरहेको बताउँदै भने, “अनुसन्धानका क्रममा दोषी भेटिए प्रहरीलाई र आस्था दोषी प्रमाणित भएमा उनलाई पनि कारबाही गरिन्छ ।
डीआईजी पोखरलले अरुलाई सभ्यता सिकाउने एउटा सेलिब्रेटीले प्रयोग गरेको अमर्यादित शब्दले प्रहरी संगठनकै बदनाम गरेको र दुखी बनाएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!