२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

डा.आशा सिंह नेपाल प्रहरीको एआईजीमा बढुवा

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

(एबिसी संचार)
काठमाडौं माघ ८ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा. आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।
नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट डा. सिंह प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी थिइन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएकी अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए ।
नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै अस्पतालमा कार्यरत कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।
उक्त अवसरमा पदोन्नती भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले त्रुटी रहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरिन् । गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न सरोकारवाला निकायहरुसँग समन्वय गर्ने उल्लेख गर्दै उनले नेपाल प्रहरी अस्पताललाई सबैको भरपर्दो साथीको रुपमा विकास गर्ने बताइन ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!