२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जग्गाको प्रमाणसहित न्यायका लागि अगाडि बढ्ने मधुसूदनकाे उद्घाेष

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, बैशाख ०८, २०८३

दाङ । देउखुरीस्थित गढवा गाउँपालिका – १, बनघुस्रीका मधुसूदन केसी आफ्ना जग्गाको कागजपत्र सहित पत्रकारमाझ प्रस्तुत भएका छन् । आफूमाथि अनर्गल किसिमका भ्रम फैलाएर चरित्र हत्या गरिएको भन्दै सोही ठाउँ बस्ने आफूलाई सामाजिक अभियन्ता बताउने सन्देश भण्डारी क्षेत्री विरुद्ध न्यायिक लडाइँ लड्ने बताएका छन् ।

आफ्ना विरुद्धमा सन्देशले विभिन्न सामाजिक सञ्जाल फेसबूकका माध्यमबाट झूटो, गलत र भ्रामक अफवाह फैलाएर चरित्र हत्या गरेकोले आफू न्यायको लडाइँ लड्नुपर्ने बाध्यता भएको केसीको दाबी छ । सोमबार बिहान देउखुरीको लमहीमा देउखुरी क्षेत्रमा क्रियाशील पत्रकारहरुसित कुरा गर्दै मधुसूदनले सो कुरा बताएका हुन् । मसित जग्गाको यथेष्ट प्रमाण हुँदाहुँदै पनि मेरा विरुद्धमा यसरी मलाई सामाजिक रूपमा सिध्याउन लागिपरेका भण्डारीले गर्दा चाहेर वा नचाहेर पनि न्यायिक लडाइँ लड्नुपर्ने अवस्था आइपर्‍यो, उनलेे स्पष्ट पारे ।

गढवा गाउँपालिका वडा नम्बर – १, बनघुस्री साविक पत्रिङ्गा – ६ ग कित्ता नम्बर – ८८ अशाेक कुमार यादवको नाममा दर्ता श्रेस्ता भएको र त्योशीत जाेडिएको कित्ता नं २७ जग्गामा केसी बहुउद्देश्यीय फर्म मार्फत मैले टनेल निर्माण गरि व्यवसायिक रूपमा तरकारी खेती गर्दै आएको थिएँ, केसीले बताए । उनले अगाडि भने, केही समय अगाडि मेरा भाइ र बुहारीले त्यही तरकारी खेती गरिएको जग्गामा घाँस काटिरहेको अवस्थामा निज सन्देश भण्डारीले सुन्नमा पनि अत्यन्तै अप्ठ्यारो लाग्ने अनेकौं किसिमका अश्लील अपशब्दहरु प्रयोग गरेर गाली गलौज गर्नुका साथै महिलालाई नै आक्रमण गर्न खोजेको र टनेल जाली तोडफोड गरेको थिए ।

यस्ता अश्लील शब्द प्रयोग गर्दै त्यस्तो हरकत गरेको र जग्गा हडप्न खोजेको ती सबैकुरा फोन र म्यासेज गरेर स्थानीय सरकार, गढवा गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष बाबुराम अधिकारीलाई जानकारी गराएको थिएँ । त्यसपछि वडाध्यक्ष अधिकारीले कानूनी उपचारका लागि अगाडि बढ्न सुझाव दिएको केसीले बताए ।

प्रहरीले आफूलाई साथ दिएको दाबी गर्दै भण्डारीले प्रहरी लगाएर घर कम्पाउण्डबाट पक्राउ गरेको, अनावश्यक दुख दिएको र एकलौटी रूपमा भौतिक आक्रमण गरे । धारिलो हतियार प्रयोग गरेर मलाई निधारमा गहिरो घाउचोट पुर्‍याएकोले म रगताम्री हुनपुगें, मधुसूदनले दुख व्यक्त गरे ।
त्यस्तो घाइते अवस्था हुँदाहुँदै पनि ईलाका प्रहरी कार्यालय, गढवाका कार्यालय प्रमुख, प्रहरी निरीक्षक डबल बहादुर बमले मलाई सामान्य प्राथमिक उपचार समेत गर्न दिएनन् । पक्राउ पूर्जी बिना नै मलाई पक्राउ गरेर गढवा प्रहरीको हिरासतमा राखिएको अवस्थामा अनावश्यक रुपमा मानसिक तनाव दिने काम भयो, केसीले चिन्ता व्यक्त गरे । पछि प्रहरीले स्थानीय सरकारका राेहवरमा केसीलाई छोडेको थियो ।

सन्देशले दाबी गरेको जग्गा निज मधुसूदन केसीका बाजे स्वर्गीय प्रेमबहादुर केसीका नाममा २०३५ सालमा नापजाँच भएको र वडा कार्यालय १, मलमलाबाट गरिएको तीनपुस्ते विवरणको सिफारिस अनुसार न्यायीक समितिका संयोजकले आफूलाई सो जग्गा उपयोग र संरक्षण गर्न भनेर पत्र दिइएको मधुसूदनले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

उक्त जग्गा सम्बन्धमा सन्देश भण्डारीले पटकपटक नापी कार्यालय, लमहीमा गएर सत्यतथ्य कुरा बुझेको र त्यहाँ कार्यालयका प्रमुख समेत फाँटका कर्मचारीले राम्रोसँग कुरा बुझाएका पनि हुन् । त्यसरी कुरा बुझेर पनि किर्ते कागजात प्रयोग गरेको भूमाफियाकाे आरोप लगाएको र मानहानी, चरित्र हत्या, गाली बेइज्जती गर्दै बारम्बार भिडियो तथा लेख सार्वजनिक गरेका छन् ।

भण्डारीको सोही क्रियाकलापबाट आफ्नो सामाजिक मान प्रतिष्ठा, इज्जतमा गहिरो चोट पुगेको र नेपालको संविधान २०७२ ले दिएको मौलिक हक, मानवअधिकार समेत हनन हुन गएकोले साथै प्रहरी प्रशासन त मेरो चुट्कीमा चल्छ, मैले जे पनि गर्नसक्छु, भन्ने जस्ता धम्कीका कुराले आफू, आफ्नो परिवारका सुरक्षाको लागि कानूनी उपचारका लागि अगाडि बढ्नुपर्ने स्थिति भएको पत्रकारशीत केसीले उद्घाेष गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]