काठमाडौं । बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (SSB) का महानिर्देशक संजय सिंघल, IPS नेतृत्वको टोलीसहित दुवै देशका सुरक्षा निकाय, मन्त्रालय र विभागका उच्च अधिकारीहरु सहभागी थिए।
*बैठकका मुख्य सहमति र निर्णयहरु:*
– अघिल्लो बैठकका निर्णयहरुको प्रगति समीक्षा
– सीमा सुरक्षा, सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणका लागि रणनीतिक, अपरेशनल र कार्यक्षेत्र तहमा समन्वय र शीघ्र सूचना आदानप्रदान गर्ने
– दशगजा क्षेत्रको अतिक्रमण नियन्त्रण र सीमा स्तम्भको मर्मत तथा व्यवस्थापन
– सामाजिक सञ्जालबाट फैलिने भ्रामक सूचनाको सामना गर्ने
– स्मार्ट सीमा व्यवस्थापन र संयुक्त विपद् प्रतिकार्य अभ्यास गर्ने
– तालिम तथा अनुभव आदानप्रदानलाई प्राथमिकता दिने
– वैधानिक यात्रुलाई सहजता दिन सीमा नाकामा सहायता कक्ष विस्तार गर्ने
– संयुक्त सांस्कृतिक र खेलकुद गतिविधिमार्फत द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने
आगामी ११औँ समन्वय बैठक भारतमा आयोजना गर्ने सहमति भएको छ।