१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

बाँके प्रहरीद्वारा दिनहुँ भन्सार छलीको फलफूल तरकारी सामान बरामद गरि भन्सार बुझायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०८, २०८३

बाँके । नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर क्षेत्रबाट भन्सार छली गरी ल्याइएको फलफूल, तरकारी लगायतका सामान बरामद गरिएको छ।

प्रहरीले तस्करी गरी भित्र्याइएको अन्दाजी १४ हजार ३९२ रुपैयाँ बराबरको उक्त सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँके पठाएको जनाएको छ।सीमावर्ती क्षेत्रमा पछिल्लो समय भन्सार छलीका सामान ओसारपसार गर्ने प्रयास बढिरहेका बेला नेपालगन्जमा गरिएको यो बरामदगीलाई तस्करी नियन्त्रणतर्फको अर्को कारबाहीका रूपमा हेरिएको छ।
प्रहरीले अवैध रूपमा भित्र्याइने सामानमाथि निगरानी अझ कडा बनाइएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (SSB) का महानिर्देशक संजय सिंघल, IPS नेतृत्वको टोलीसहित दुवै देशका सुरक्षा निकाय, मन्त्रालय र विभागका उच्च अधिकारीहरु सहभागी थिए। *बैठकका मुख्य सहमति र निर्णयहरु:* – अघिल्लो बैठकका निर्णयहरुको प्रगति समीक्षा – सीमा सुरक्षा, सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध […]

काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार IGP कार्कीमाथि दबाब बढेको भन्ने समाचार तथा सामाजिक सञ्जालका टिप्पणीप्रति गम्भीर आपत्ति छ। – यस्ता आधारहीन र भ्रामक सूचनाले संगठनको छवि र नागरिकको विश्वासमा असर पार्छ। – सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यपरक र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ। – नियोजित रूपमा संगठनलाई बदनाम गर्ने […]

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।