२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीद्वारा दिनहुँ भन्सार छलीको फलफूल तरकारी सामान बरामद गरि भन्सार बुझायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०८, २०८३

बाँके । नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर क्षेत्रबाट भन्सार छली गरी ल्याइएको फलफूल, तरकारी लगायतका सामान बरामद गरिएको छ।

प्रहरीले तस्करी गरी भित्र्याइएको अन्दाजी १४ हजार ३९२ रुपैयाँ बराबरको उक्त सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँके पठाएको जनाएको छ।सीमावर्ती क्षेत्रमा पछिल्लो समय भन्सार छलीका सामान ओसारपसार गर्ने प्रयास बढिरहेका बेला नेपालगन्जमा गरिएको यो बरामदगीलाई तस्करी नियन्त्रणतर्फको अर्को कारबाहीका रूपमा हेरिएको छ।
प्रहरीले अवैध रूपमा भित्र्याइने सामानमाथि निगरानी अझ कडा बनाइएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]