१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

अमेरिकाले इरानसँग युद्ध विरामको अवधि अनिश्चितकालका लागि लम्ब्याए,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०९, २०८३

एजेन्सी । इरान र अमेरिकाबिच २ साताका लागि भएको युद्धविरामको अवधि आज (अप्रिल २२ मा) सकिँदै थियो।

तर स्थायी शान्तिका लागि पाकिस्तानमा अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेकाले ट्रम्पले युद्धविरामको समय थपिएको घोषणा गरेका हुन्।

यद्यपि होर्मुज स्ट्रेटमा नाकाबन्दी भने कायमै रहने उनले उल्लेख गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘अपेक्षाअनुसार इरान सरकार आन्तरिक रूपमा विभाजित छ। पाकिस्तानका फिल्ड मार्सल असिम मुनिर र प्रधानमन्त्री सहबाज सरिफले तबसम्म इरानमा आक्रमण रोक्न माग गरेका छन्, तबसम्म उनीहरूका नेता र प्रतिनिधिहरूले साझा प्रस्ताव ल्याउँदैनन्।’

उनले अगाडि लेखेका छन्, ‘त्यसकारण मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य मामिलाका लागि पूर्ण रूपमा तयार रहन आदेश दिएको छु। परिणाम जस्तोसुकै होस्, उनीहरूको प्रस्ताव नआएसम्म र वार्ता पूरा नभएसम्म युद्धविराम लम्ब्याइनेछ।’

यसैबिच युद्धविराम लम्ब्याएकामा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ट्रम्पलाई धन्यवाद दिएका छन्।

सरिफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म राष्ट्रपति ट्रम्पलाई हृदयदेखि नै धन्यवाद दिन्छु। हाम्रो अनुरोध स्वीकार गर्दै युद्धविराम लम्ब्याउनुभयो ताकि कूटनीतिक प्रयास अगाडि बढ्न सकोस्।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (SSB) का महानिर्देशक संजय सिंघल, IPS नेतृत्वको टोलीसहित दुवै देशका सुरक्षा निकाय, मन्त्रालय र विभागका उच्च अधिकारीहरु सहभागी थिए। *बैठकका मुख्य सहमति र निर्णयहरु:* – अघिल्लो बैठकका निर्णयहरुको प्रगति समीक्षा – सीमा सुरक्षा, सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध […]

काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार IGP कार्कीमाथि दबाब बढेको भन्ने समाचार तथा सामाजिक सञ्जालका टिप्पणीप्रति गम्भीर आपत्ति छ। – यस्ता आधारहीन र भ्रामक सूचनाले संगठनको छवि र नागरिकको विश्वासमा असर पार्छ। – सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यपरक र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ। – नियोजित रूपमा संगठनलाई बदनाम गर्ने […]

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।