२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङमा हात्तीपाइले राेग निवारण सम्बन्धी वडा स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, माघ २३, २०७६


(कपिल लामिछाने)
दाङ माघ २२ हात्तीपाइले राेग निवारण सम्बन्धी वडा स्तरिय अन्तरक्रिया कार्यक्रम आज तुलसीपुर उपमहानगरपालिका वडा नं १८ नगर स्वास्थ्य केन्द्र हेमन्तपुरमा सम्पन्न भएकाे छ । देशका १३ जिल्लामा यहीँ माघ २५ गतेबाट हात्तीपाइले राेग बिरुद्धकाे १० ओैँ चरणकाे ओैषधि खुवाउने कार्यक्रम सुरु हुन थालेकाे हाे ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीकाे अध्यक्षता सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा वडा नं १८ भित्र पर्ने सम्पुर्ण बिद्यालयका प्राधानाध्यापक, शिक्षक, अभिभावक, स्थानिय जनप्रतिनिधि, पत्रकार, समाजसेवी लगाएतकाे उपस्थिति रहेकाे थियाे । दैनिक ओैषतमा दिनमा १० जना मानीसहरुकाे मृत्यु हुने गर्दछ तर मानीसहरु हात्तीपाइलेकाे ओैषधि सेवनले मर्छन भन्ने भ्रम सबैलाई भएकाे हुँदा याे गलत प्रचारमा नलाग्न समेत उक्त कार्यक्रममा बाेल्ने बक्ताहरुले बताएका थिए । कार्यक्रममा मा.बि. दुधरासका प्र.अ. हिम बहादुर भण्डारी, प्रा.बि. कलमघारीका प्र.अ. शेर बहादुर खड्का, न्यु स्टार बाेर्डिङका प्र.अ. शरण जि.एम., उद्याेग बाणिज्य संघ बिजाैरीका अध्यक्ष मुकेश वली लगाएले आफ्नाे धारणा राख्नुभएकाे थियाे ।
कार्यक्रममा वडा अध्यक्ष माधव वलीले कसरी कुन तरिकाले ओैषधि खुवाउदा सहज र दुरदराजका गाउसम्म पुर्याउन सकिन्छ भनेर वडा जनप्रतिनिधि, वडामा रहेका स्वास्थ्य स्वयम सेविकाहरु परिचालन गरि याे अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने कुरा बताउनुभयाे । साथै हरेक स्कुलहरुमा शिक्षकहरुले बिद्यार्थीहरुलाई सहि सल्लाह र सुझाब दिदै याे राेगकाे बारेमा र ओैषधि सेवनका फाइदाका बारेमा जानकारी गराउदै सकेसम्म त्याे दिन स्कुलहरुकाे पठनपाठन केहि छिन राेकेर भएपनि याे अभियानलाइ सफल बनाउन समेत आग्रह गर्नुभयाे ।
माघ २५ गतेबाट सुरु हुने हात्तीपाइले बिरुद्धकाे ओैषधि खुवाउने याे अभियानमा सबैलाई साथ दिन र आफ्नाे आफ्नाे क्षेत्रबाट सहयाेग गर्न समेत वडा नं १८ भित्र रहेका सम्पुर्णमा उक्त अन्तरक्रिया कार्यक्रमले अपिल गरेकाे छ । भाेलीबाट वडाका हरेक ठाँउमा रहेका स्वयमसेविकाहरु खटाई स्थान छनाेट गर्दै अघि बढ्ने र माघ २५ गते बिहानैबाट ओैषधि खुवाउनका लागी स्वास्थ्यकर्मी सहितकाे टाेली फिल्डमा खट्ने उक्त अन्तरक्रिया कार्यक्रमका सञ्चालक एवम् नगर स्वास्थ्य केन्द्र हेमन्तपुरका प्रमुख डिल्लीराज शर्माले जानकारी दिनुभयाे ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!