२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

दाङमा हात्तीपाइले राेग निवारण सम्बन्धी वडा स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, माघ २३, २०७६

(कपिल लामिछाने)
दाङ माघ २२ हात्तीपाइले राेग निवारण सम्बन्धी वडा स्तरिय अन्तरक्रिया कार्यक्रम आज तुलसीपुर उपमहानगरपालिका वडा नं १८ नगर स्वास्थ्य केन्द्र हेमन्तपुरमा सम्पन्न भएकाे छ । देशका १३ जिल्लामा यहीँ माघ २५ गतेबाट हात्तीपाइले राेग बिरुद्धकाे १० ओैँ चरणकाे ओैषधि खुवाउने कार्यक्रम सुरु हुन थालेकाे हाे ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीकाे अध्यक्षता सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा वडा नं १८ भित्र पर्ने सम्पुर्ण बिद्यालयका प्राधानाध्यापक, शिक्षक, अभिभावक, स्थानिय जनप्रतिनिधि, पत्रकार, समाजसेवी लगाएतकाे उपस्थिति रहेकाे थियाे । दैनिक ओैषतमा दिनमा १० जना मानीसहरुकाे मृत्यु हुने गर्दछ तर मानीसहरु हात्तीपाइलेकाे ओैषधि सेवनले मर्छन भन्ने भ्रम सबैलाई भएकाे हुँदा याे गलत प्रचारमा नलाग्न समेत उक्त कार्यक्रममा बाेल्ने बक्ताहरुले बताएका थिए । कार्यक्रममा मा.बि. दुधरासका प्र.अ. हिम बहादुर भण्डारी, प्रा.बि. कलमघारीका प्र.अ. शेर बहादुर खड्का, न्यु स्टार बाेर्डिङका प्र.अ. शरण जि.एम., उद्याेग बाणिज्य संघ बिजाैरीका अध्यक्ष मुकेश वली लगाएले आफ्नाे धारणा राख्नुभएकाे थियाे ।
कार्यक्रममा वडा अध्यक्ष माधव वलीले कसरी कुन तरिकाले ओैषधि खुवाउदा सहज र दुरदराजका गाउसम्म पुर्याउन सकिन्छ भनेर वडा जनप्रतिनिधि, वडामा रहेका स्वास्थ्य स्वयम सेविकाहरु परिचालन गरि याे अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने कुरा बताउनुभयाे । साथै हरेक स्कुलहरुमा शिक्षकहरुले बिद्यार्थीहरुलाई सहि सल्लाह र सुझाब दिदै याे राेगकाे बारेमा र ओैषधि सेवनका फाइदाका बारेमा जानकारी गराउदै सकेसम्म त्याे दिन स्कुलहरुकाे पठनपाठन केहि छिन राेकेर भएपनि याे अभियानलाइ सफल बनाउन समेत आग्रह गर्नुभयाे ।
माघ २५ गतेबाट सुरु हुने हात्तीपाइले बिरुद्धकाे ओैषधि खुवाउने याे अभियानमा सबैलाई साथ दिन र आफ्नाे आफ्नाे क्षेत्रबाट सहयाेग गर्न समेत वडा नं १८ भित्र रहेका सम्पुर्णमा उक्त अन्तरक्रिया कार्यक्रमले अपिल गरेकाे छ । भाेलीबाट वडाका हरेक ठाँउमा रहेका स्वयमसेविकाहरु खटाई स्थान छनाेट गर्दै अघि बढ्ने र माघ २५ गते बिहानैबाट ओैषधि खुवाउनका लागी स्वास्थ्यकर्मी सहितकाे टाेली फिल्डमा खट्ने उक्त अन्तरक्रिया कार्यक्रमका सञ्चालक एवम् नगर स्वास्थ्य केन्द्र हेमन्तपुरका प्रमुख डिल्लीराज शर्माले जानकारी दिनुभयाे ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

  दाङ । गढवा धानखोल कृषि सहकारी संस्था लगायत अन्य सहकारी संस्थामा भएको भनिएको बजेट दुरुपयोग तथा घोटालाको निष्पक्ष छानबिनको माग गर्दै गढवा गाउँपालिकामा अनसनरत रहेका स्थानीय युवा तथा सामाजिक अभियन्ता सन्देश भण्डारीले आफ्नो अनसन अन्त्य गरेका छन्। भण्डारीले उठाएका मागहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको र सो मामिलामा गाउँपालिका पूर्णरूपमा सहयोग गर्न तयार रहेको […]

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस विधेयकमा दुर्घटना, चोटपटक, अंगभंग, मृत्यु र मालसामानको क्षतिपूर्ति व्यवस्था समेटेको छ, जसमा क्षतिपूर्ति रकम पाँच गुणा वृद्धि गरिएको छ। यस विधेयकमा यात्रु, मालसामान र उडान रद्द वा स्थगनको व्यवस्था समेत समेटिएको छ, र सर्वसाधारणले राय सुझाव दिन सक्ने व्यवस्था छ। सरकारले आन्तरिक उडान क्रममा हवाईजहाज […]

error: Content is protected !!