२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

Logo
तुलबहादुर कवँर मगर प्रकाशित मंगलबार, आषाढ १६, २०८३

दाङको राप्ती गाउँपालिकालाई जीईडीएसआई नीति हस्तान्तरण,

दाङ । मसुरिया राप्ती गाउँपालिकालाई लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (जीईडीएसआई) नीति, २०८३ हस्तान्तरण गरिएको छ।

राप्ती गाउँपालिकाको सभाहलमा सोमबार आयोजित एक कार्यक्रमबीच मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलवस्तुका कार्यक्रम संयोजक रिखिराम हरिजन र संजय कुमार पासीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट तथा उपाध्यक्ष कमलापति चौधरीलाई उक्त नीतिको अन्तिम मस्यौदा हस्तान्तरण गर्नुभएको हो।

गाउँपालिकाभित्र लैङ्गिक समानता प्रवर्द्धन, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितता तथा सबै समुदायको अर्थपूर्ण सहभागिता र समावेशी विकासलाई संस्थागत गर्ने उद्देश्यले नीति तयार गरिएको जनाइएको छ।

कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जीईडीएसआई नीति गाउँपालिकाको समावेशी विकास यात्रामा महत्वपूर्ण दस्तावेजका रूपमा रहने बताउनुभयो। उहाँले नीति कार्यान्वयनमार्फत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाति तथा पछाडि पारिएका समुदायहरूको अधिकार संरक्षण र विकास प्रक्रियामा सहभागिता सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष विष्टले नीति कागजमा मात्र सीमित नरही व्यवहारमा कार्यान्वयन हुने गरी गाउँपालिकाले आवश्यक योजना तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चाैधरी,विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। नीति निर्माण प्रक्रियामा स्थानीय तहका आवश्यकता, नेपालको संविधानले सुनिश्चित गरेका मौलिक अधिकार तथा समावेशी विकासका सिद्धान्तलाई आधार बनाइएको बताइएको छ।
गाउँपालिकाले जीईडीएसआई नीति, २०८३ कार्यान्वयनमा ल्याई सबै नागरिकलाई समान अवसर, पहुँच र सहभागिता सुनिश्चित गर्दै समावेशी तथा न्यायपूर्ण समाज निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।