१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०८३ सफलता पूर्वक सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १६, २०८३

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको संयुक्त आयोजनामा सम्पन्न एक दिवसीय लुम्बिनी प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ।

गोष्ठीमा प्रदेश अन्तर्गतका जिल्ला तथा अनुसन्धान इकाइहरूले आर्थिक वर्ष २०८२/८३ मा भएका अनुसन्धान कार्यको समीक्षा, चुनौती, उत्कृष्ट अभ्यास तथा आगामी कार्ययोजनामाथि प्रस्तुतीकरण गरेका थिए। साथै, अनुसन्धानलाई थप वैज्ञानिक, प्रमाणमा आधारित, प्रविधिमैत्री तथा पीडितमैत्री बनाउने विषयमा सार्थक छलफल सम्पन्न भयो।

यस वर्ष पहिलो पटक सञ्चालन गरिएको “Best Investigation Showcase” मार्फत जिल्लाहरूले आफ्नो उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्दै अनुसन्धान रणनीति, नवीन अभ्यास तथा सिकाइहरू आदानप्रदान गरेका थिए। उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्ने टोलीलाई “उत्कृष्ट अनुसन्धान सम्मान” प्रदान गरिएको थियो।

गोष्ठीको अन्त्यमा सहभागी जिल्ला प्रहरी कार्यालय प्रमुखहरू, अनुसन्धान शाखा प्रमुखहरू तथा इलाका प्रहरी कार्यालय प्रमुखहरूले अनुसन्धानलाई अझ व्यावसायिक, गुणस्तरीय, प्रमाणमुखी तथा नागरिकमैत्री बनाउन साझा प्रतिबद्धता पत्र मा हस्ताक्षर गरेका छन्।

सिकाइ, समीक्षा, नवप्रवर्तन र साझा प्रतिबद्धतामार्फत अनुसन्धानलाई अझ प्रभावकारी बनाउने हाम्रो अभियान निरन्तर जारी रहनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]