बाँके । कोहलपुर बजारको ढल धेरै पुरानो हो। अहिले घर, पसल, पिच बढेपछि पानी खस्ने ठाउँ छैन। सबै पानी सडकको ढलमा जान्छ।
प्लास्टिक, फोहोर र माटोले नाला मुख बन्द गर्दा 20 मिनेटको झरीले पनि पानी ओभरफ्लो गोलपार्क आसपास न्युरोड अलि होचो ठाउँमा पर्छ। वरपरबाट आएको पानी सबै त्यतै थुप्रिन्छ।
सडकमा घुँडा छुने गरी पानी जम्दा स्कुटर/बाइक बन्द हुने, पसल अगाडि पानी पस्ने, पैदल यात्रुलाई हिँड्न गाह्रो हुने समस्या देखिन्छ। बजार क्षेत्र भएकाले व्यापारमा पनि असर परेको छ ।