१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

नेपालगन्जमा ट्रकको ठक्कर साइकल यात्रीको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १६, २०८३

बाँके । नेपालगन्जको तालिम केन्द्र नजिकै ट्रकले साइकलमा सवार ५५ वर्षिय एक व्यक्तिलाई ठक्कर दिएको छ। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको छ।

बिहान-बेलुका तालिम,अफिस वा बजार जान साइकल चढ्ने धेरै सर्वसाधारण त्यही रुट प्रयोग गर्छन्। एक क्षणको लापरवाहीले परिवारको सबै सहारा टुट्छ।

तालिम केन्द्र नजिकै इँटा भट्टा, उद्योग र भन्सार जाने ट्रकको आवतजावत धेरै हुन्छ। न्युरोडदेखि तालिम केन्द्रसम्म साइकल/पैदल यात्रीका लागि छुट्टै बाटो छैन। ट्रकसँगै प्रतिस्पर्धा गर्नुपर्छ।
बजार छिर्ने नाकामा भए पनि धेरै ट्रकले गति घटाउँदैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]