बाँके । नेपालगन्जको तालिम केन्द्र नजिकै ट्रकले साइकलमा सवार ५५ वर्षिय एक व्यक्तिलाई ठक्कर दिएको छ। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको छ।
बिहान-बेलुका तालिम,अफिस वा बजार जान साइकल चढ्ने धेरै सर्वसाधारण त्यही रुट प्रयोग गर्छन्। एक क्षणको लापरवाहीले परिवारको सबै सहारा टुट्छ।
तालिम केन्द्र नजिकै इँटा भट्टा, उद्योग र भन्सार जाने ट्रकको आवतजावत धेरै हुन्छ। न्युरोडदेखि तालिम केन्द्रसम्म साइकल/पैदल यात्रीका लागि छुट्टै बाटो छैन। ट्रकसँगै प्रतिस्पर्धा गर्नुपर्छ।
बजार छिर्ने नाकामा भए पनि धेरै ट्रकले गति घटाउँदैनन्।