२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

राप्तीमा पालिकास्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न,

Logo
तुलबहादुर कवँर मगर प्रकाशित मंगलबार, आषाढ १६, २०८३

दाङ । मसुरिया राप्ती गाउँपालिकामा पालिकास्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न भएको छ।

राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न प्रतियोगितामा दुई वर्ष उमेर समूहका बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिएको थियो।

प्रतियोगितामा वडा नम्बर २ का रिदम कुमाल प्रथम, वडा नम्बर ५ की बिबिसा केसी द्वितीय र वडा नम्बर ३ की सायरा चौधरी तृतीय भएका छन्।उत्कृष्ट बालबालिकालाई क्रमशः तीन हजार पाँच सय, तीन हजार र दुई हजार पाँच सय रुपैयाँ नगद प्रदान गरी सम्मान गरिएको थियो।

प्रतियोगितामा स्वास्थ्य संस्थाबाट नियमित रूपमा तौल तथा उचाइ मापन गरिएको अवस्था, उमेरअनुसारको तौल, पूर्ण खोपको अवस्था, सरसफाइ तथा समग्र पोषण स्थितिलगायतका सूचकका आधारमा उत्कृष्ट बालबालिका छनोट गरिएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले बालबालिकाको उचित पोषण र स्वास्थ्यमा परिवार तथा समुदाय दुवैको महत्वपूर्ण भूमिका रहने बताउँदै कुपोषण न्यूनीकरणका लागि सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। यस्ता कार्यक्रमले अभिभावकलाई बालबालिकाको पोषण अवस्थाप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै बालबालिकाको स्वास्थ्य र पोषणमा गरिएको लगानीले भविष्यमा सकारात्मक प्रतिफल दिने बताउनुभयाे। उहाँले कुपोषण न्यूनीकरण र बाल स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिनुभयाे।

बालबालिकाको पोषण अवस्थाबारे अभिभावकलाई सचेत बनाउने, स्वस्थ र सक्षम बालबालिका निर्माणमा टेवा पुर्‍याउने तथा कुपोषणमुक्त समाज निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको पाेषण फाेकल पर्सन धनबहादुर बुढा क्षेत्रीले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]