१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

राप्तीमा पालिकास्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न,

Logo
तुलबहादुर कवँर मगर प्रकाशित मंगलबार, आषाढ १६, २०८३

दाङ । मसुरिया राप्ती गाउँपालिकामा पालिकास्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न भएको छ।

राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न प्रतियोगितामा दुई वर्ष उमेर समूहका बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिएको थियो।

प्रतियोगितामा वडा नम्बर २ का रिदम कुमाल प्रथम, वडा नम्बर ५ की बिबिसा केसी द्वितीय र वडा नम्बर ३ की सायरा चौधरी तृतीय भएका छन्।उत्कृष्ट बालबालिकालाई क्रमशः तीन हजार पाँच सय, तीन हजार र दुई हजार पाँच सय रुपैयाँ नगद प्रदान गरी सम्मान गरिएको थियो।

प्रतियोगितामा स्वास्थ्य संस्थाबाट नियमित रूपमा तौल तथा उचाइ मापन गरिएको अवस्था, उमेरअनुसारको तौल, पूर्ण खोपको अवस्था, सरसफाइ तथा समग्र पोषण स्थितिलगायतका सूचकका आधारमा उत्कृष्ट बालबालिका छनोट गरिएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले बालबालिकाको उचित पोषण र स्वास्थ्यमा परिवार तथा समुदाय दुवैको महत्वपूर्ण भूमिका रहने बताउँदै कुपोषण न्यूनीकरणका लागि सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। यस्ता कार्यक्रमले अभिभावकलाई बालबालिकाको पोषण अवस्थाप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै बालबालिकाको स्वास्थ्य र पोषणमा गरिएको लगानीले भविष्यमा सकारात्मक प्रतिफल दिने बताउनुभयाे। उहाँले कुपोषण न्यूनीकरण र बाल स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिनुभयाे।

बालबालिकाको पोषण अवस्थाबारे अभिभावकलाई सचेत बनाउने, स्वस्थ र सक्षम बालबालिका निर्माणमा टेवा पुर्‍याउने तथा कुपोषणमुक्त समाज निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको पाेषण फाेकल पर्सन धनबहादुर बुढा क्षेत्रीले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]