१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

राप्तीका महिला स्वास्थ्य स्वयंसेविकालाई रोग निगरानी सम्बन्धी अभिमुखीकरण

Logo
तुलबहादुर कवँर मगर प्रकाशित मंगलबार, आषाढ १६, २०८३

दाङ । मसुरिया,राप्ती गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा समुदायस्तरमा देखापर्ने सरुवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायमा प्रतिवेदन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्य आयोजना गरिएको हाे।

अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले समुदायमा देखिने विभिन्न रोगका लक्षणहरूको पहिचान, शंकास्पद बिरामीको विवरण संकलन, स्वास्थ्य संस्थामा समयमै जानकारी प्रवाह गर्ने प्रक्रिया तथा रोग नियन्त्रण र रोकथामका उपायबारे सहजीकरण गर्नुभएको थियो। उहाँले महामारी तथा प्रकोपजन्य रोगहरूको प्रारम्भिक सूचना व्यवस्थापनमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले समुदायमा रोगको प्रारम्भिक अवस्था पहिचान गरी सम्बन्धित निकायसम्म सूचना पुर्‍याउने कार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो। उहाँले जनस्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउन रोग निगरानी प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,स्वास्थ्य शाखाका भारती सन्यासी, लालमटिया स्वास्थ्य चौकी प्रमुख कृष्णप्रसाद श्रेष्ठ लगायत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।

राप्ती गाउँपालिकाले समुदायमा आधारित रोग निगरानी प्रणालीलाई प्रभावकारी बनाउँदै जनस्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]