१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसी उत्कृष्ट अनुसन्धानकर्ता घोषित,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १७, २०८३

बाँके । प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०८३ को अवसरमा प्रहरी उपरीक्षक एसपी जिसी वर्षकै उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यसवर्षदेखि गरेको बेस्ट इन्भेस्टिकेसन सोकेसमा जिल्लाहरूले आफ्नो उत्कृष्ट अनुसन्धान प्रस्तुत गरेका थिए ।

ती मध्ये जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसी सर्वोत्कृष्ट घोषित भएका हुन् । उनलाई पुरस्कारसहित सम्मान गरिएको छ ।

जिसीले बाँकेको कमाण्ड सम्हालेपछि अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा जस्ता कामहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]