१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

सरुमारानी गाउँपालिकाको सरकारी गाडी चरम दुरुपयोग कहिले अध्यक्ष र चालकको घरमा पुग्छ,

Logo
ABC (भन्डाफोर) प्रकाशित बुधबार, आषाढ १७, २०८३

प्युठान । सरुमारानी गाउँपालिकाको सरकारी गाडी कार्यालय समयपछि पनि नियमित रूपमा गाउँपालिका अध्यक्ष झगबहादुर विकको घर पुग्ने गरेको छ। अध्यक्षलाई सरुमारानी–३ कास्कोटस्थित निवासमा पुर्‍याएपछि लु.प्र. ०२–००१ झ ०००४ नम्बरको गाडी कार्यालय फर्काइँदैन। चालक देवीराम चर्तीले गाडी कार्यालयबाट करिब ८ किलोमिटर टाढा रहेको आफ्नै घरमा लगेर पार्किङ गर्ने गरेका छन्।
गाउँपालिकाका केही कर्मचारीले कार्यालयका मोटरसाइकल पनि कार्यालय परिसरमा नराखी १०–१२ किलोमिटर टाढा रहेका आफ्ना डेरामा लैजाने गरेका छन्। गाउँपालिका कार्यालयले पनि जनप्रतिनिधि र कर्मचारीले कार्यालय समयपछी पनि घर वा डेरा सम्म मोटरसाईकल र गाडी लैजाने गरेको स्वीकार गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले सरकारी सवारी कार्यालय परिसरमै राख्न पटक–पटक निर्देशन दिए पनि त्यसको पालना भएको छैन।
सरुमारानी गाउँपालिकाले स्थापना भएयता दुईवटा सरकारी गाडी खरिद गरेको छ। तर कार्यालय समयपछि पनि सरकारी सवारी पदाधिकारी र कर्मचारीका घरमा पुग्ने अभ्यास रोकिएको छैन। श्रोत कामना डेली

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]