०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना एकजनाको मृत्यु ६ जना घाइते

Logo
प्रकाशित बुधबार, माघ २९, २०७६

नारायण गिरी
तुल्सीपुर माघ २९ सल्यानमा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। कपुरकोटदेखि बुटवल जाँदै गरेको लु १ ग १२३ कपुरकोटको सबुज गणको गाडी कपुरकोट–३ चोरखालामा सेनाको गाडी दुर्घटना भएको हो। दुर्घटनामा जमदार यादवप्रसाद धरेलको मृत्यु भएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए।
उनका अनुसार मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हबल्दार जय प्रकाश बोहरा लगायत ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेको उद्धारका लागि नेपाली सेनाको एयरबेस क्याम्पस सुर्खेतबाट हेलिकप्टर झिकाइएको लामिछानेले बताए।
घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाने तयारी गरिएको छ। गाडी सडकबाट ५ सय मिटर तल खसेको छ। गाडीमा ७ जना रहेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!