३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

धादिङ फागुन २ बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको र स्कुटरमा पछाडि सवार एक घाइते भएका छन् । घाइते काभ्रेका सनिष थापालाई उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ । दुर्घटनालगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!