२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

धादिङ फागुन २ बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको र स्कुटरमा पछाडि सवार एक घाइते भएका छन् । घाइते काभ्रेका सनिष थापालाई उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ । दुर्घटनालगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो। त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी […]

काठमाडौं । धादिङको धुनीबेंशी नगरपालिका-६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको ब्रेक नलाग्दा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]