२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

घोराही–१४ मिलनचोकमा ‘द प्लान्ट प्लान्ट्री’ र नुमा बारिष्टा एकेडेमी सञ्चालनमा

Logo
Abc Sanchar प्रकाशित आइतबार, भाद्र २८, २०८३

दाङ । घोराही उपमहानगरपालिका–१४ मिलनचोकमा ‘द प्लान्ट प्लान्ट्री’ तथा नुमा बारिष्टा एकेडेमी एन्ड क्याफे सञ्चालनमा आएको छ। स्थानीयस्तरमै कफी, खाजा तथा घर तथा कोठा सजावटका सामग्री उपलब्ध गराउने उद्देश्यसहित नयाँ व्यवसाय सञ्चालनमा ल्याइएको हो।
एकेडेमीको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा गरिएको हो। उद्घाटनका क्रममा प्रियासनले स्थानीय युवाहरूले रोजगारीको खोजीमा विदेश जानुभन्दा स्वदेशमै सीप र उद्यमसँग जोडिनुपर्नेमा जोड दिए। उनले नयाँ व्यवसायले ग्राहकलाई सेवा दिनुका साथै कफीसम्बन्धी सीप सिक्न चाहनेहरूका लागि समेत अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
पूरन बुढामगर र अनिषा बुढामगरद्वारा सञ्चालनमा ल्याइएको एकेडेमीमा विभिन्न प्रकारका कफी तथा खाजाका परिकार उपलब्ध हुनेछन्। क्याफेसँगै आकर्षक विभिन्न प्रजातिका प्लान्ट तथा घर, कार्यालय र कोठा सजाउन प्रयोग गरिने सेरामिक गमलासमेत बिक्रीका लागि राखिएको सञ्चालकहरूले बताएका छन्।
विशेषगरी कफी बनाउन रुचि राख्ने तथा यस क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न चाहनेहरूका लागि कफीसम्बन्धी तालिमसमेत सञ्चालन गरिने जनाइएको छ। कफी बनाउने सीप सिकेर रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न चाहने युवाहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिने सञ्चालकहरूको भनाइ छ।
स्थानीय बजारमा नयाँ अवधारणासहित सञ्चालनमा आएको यस व्यवसायले कफी संस्कृतिको विकाससँगै घर तथा कार्यालय सजावटका लागि आवश्यक सामग्रीको सहज उपलब्धतामा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय उत्पादन, सीप र उद्यमशीलतालाई प्राथमिकता दिँदै सञ्चालनमा आएको एकेडेमीले मिलनचोक क्षेत्रको व्यवसायिक गतिविधिलाई थप चलायमान बनाउने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]