काठमाडौं । एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले ठूलो परिणाममा भन्सार छलीको काजुसहित ईभी गाडी बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्ट नीलवाराही र इन्टेलिजेन्स ब्यूरोबाट खटिएको संयुक्त टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिका-६ स्थित चोभार सुक्खा बन्दरगाहको मेनगेट अगाडि चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
चेकजाँचका क्रममा बिल बिजक बिनाको अवैध काजु तथा काजु ढुवानीमा प्रयोग भएको ईभी गाडी गरी *मूल्य रु. ४५ लाख ८ हजार बराबरको* सामानसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।