१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

राजनिती

सुन तस्करीमा संलग्न प्रमाणित भए महरालाई कारबाही गर्छु : गृहमन्त्री श्रेष्ठ

(ABC-Sanchar) काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताएका छन् । शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् । माओवादीको नेतृत्वमा सरकार भएकाले आफूहरूलाई जोगाएर विपक्षीलाई मात्र कारबाही गर्ने हो कि भन्ने शङ्का गरेको […]

(ABC-Sanchar) काठमाडौं । सत्ता गठबन्धनमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीलाई लिएर खट्पट् सुरु भएको छ । खासगरी कतिपय विषय प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत थाहै नदिई गृहमन्त्री श्रेष्ठले अघि बढाएको र कांग्रेसका नेताहरुमाथि प्रतिशोध साँधिएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्टि पोख्दै आएका छन् । यो बीचमा देउवाले गृहमन्त्री श्रेष्ठलाई आफ्नो डेराको घरमा बोलाएर असन्तुष्टि […]

(ABC-Sanchar) काठमाडौँ । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्विन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गरेका छन् । एक क्विन्टल सुन समाएजस्तो गरेर सरकारले करिब २३ क्विन्टल सुन बाहिर पठाएको उनको जिकिर थियो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले सो एक क्विन्टल सुन समात्नु नौटंकी थियो वा के कारणले […]

(ABC-Sanchar) काठमाडौं। संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा शितल निवासमा छलफल जारी छ। राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने एमाले बाहेकका राजनीतिक दल सहभागी रहेका छन्। बिहान साढे ८ बजेका लागि बोलाइएको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै बहिस्कार गरेको छ। एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट […]

(ABC-Sanchar) पोखरा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताएका छन्। राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरुले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले उल्लेख गरे । प्रेस सेन्टर नेपालले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना […]

  (ABC-Sanchar) काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार रहेको बताएका छन् । मंगलबार दाङमा पत्रकारसँग कुरा गर्दै पूर्वसभामुख समेत रहेका नेता महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् । उनले सुन तस्करी प्रकरणमा […]

(ABC-Sanchar) काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नुपर्ने समेत बताए। ‘अहिलेका गृहमन्त्रीले बिनाशर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ। यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर गर्छु।’ उनले आफूले सुन तस्करी प्रकरणमा नैतिक रूपमा संलग्न व्यक्तिहरूको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर […]

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् उनले सत्ता सहयात्री जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदै आफ्नै पार्टीका दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारीमा लागेको स्रोतले बताएको छ। माओवादीभित्र पछिल्लो समय फेरिएको आन्तरिक समीकरणको प्रभाव मन्त्रिपरिषद् पुनर्गठनमा देखिने भएको छ। पार्टीभित्र पछिल्लो समय देखिएको उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माबीचको मिलेमतोले मन्त्रिमण्डलमा […]

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । एमालेका सांसदहरुले सय किलो सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । अब प्रतिनिधिसभाको अर्को बैठक २९ गते सोमबार दिउँसो १ बजे बस्नेछ । सुन तस्करी […]

(ABC-Sanchar) काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले संसद र देशलाई नै बन्धक बनाएको भन्दै आपत्ति जनाएका हुन् । समावेशी संविधान बनाएको र सोहीअनुसार संसद पनि गठन भएको भन्दै उनले तर, तीन दलले निषेधको राजनीति गरेको आरोप लगाए । सहकारीपीडित संघर्षमा उत्रिएको जानकारी गराउँदै उनले उनीहरुलाई न्याय दिन सरकारले नसकेको […]