सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयले सहायक निरीक्षक सत्यनारायण यादवको सुनुयोजित हत्या र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा मुछिएका सईलाई विभागिय कारबाही सुरु गरेको छ । बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आचरण विपरित कार्य गर्ने दुई जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई निलम्बन गरि विभागीय कारबाही प्रक्रिया अगाडी बढाएको हो । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर […]
चितवनका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले […]
पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता–४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ […]
ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा एक पुरुषको हत्या भएको छ। सोही स्थान बस्ने ३५ वर्षीय रामचन्द्र राईको खुकुरी प्रहार गरेर हत्या भएको हो। हत्या अभियोगमा प्रहरीले खोटाङको साकेला गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरेको छ। उनी सोमबार राति पक्राउ परेका हुन्। प्रहरीका अनुसार राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै […]
ललितपुरमा बैंकको एटीएम मेशिन तोडफोड गरेकाे आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, बेलकोटगढी–३ नै घर भई ललितपुर महानगरपालिका–६ सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरीको धरान उपमहानगरपालिका–१५ भानुचोक घर भई सुन्धाराममै बस्ने ३५ वर्षीय अनिल राई छन्। उनीहरूले असोज […]
चितवनमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका-११ लामाटोल बस्ने मैति लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीया मीना कुमारी दर्लामीसमेत १६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । उनको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख […]
ललितपुरमा खाल्टोमा डुबेर एक जना युवकको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२२ स्थित नख्खु खोलामा नुहाउने क्रममा खनेको खाल्टोमा डुबेर खोटाङ घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठ्ठी बस्ने २१ वर्षीय देउचन्द्र राईको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । उता रौतहटको गरुडा नगरपालिका–९ विर्ता गम्हरियामा पनि सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने कनही […]
स्याङजाको पुतली बजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याब परीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए । जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका […]
(ABC-Sanchar) काठमाडौं । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता उल्लंघन गरेको भन्दै दुई जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचारसंहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्बुजालाई स्पष्टीकरण सोधेको हो। अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लबलाई चन्दा र […]
(ABC-Sanchar) काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार नेपाल वायुसेवा निगमको काठमाडौँ-दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका एक सय ५० जना यात्रुलाई नेपाल वायुसेवा निगमले आज अपराह्नको उडानमार्फत दिल्ली लगेको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपराह्न करिब ३ बजेको उडानमार्फत दिल्ली […]