(सागर थापा) बाँके । मङ्सिर ४ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै मिति २०७९।०६।३० गते म्यादी प्रहरीको रुपमा नियूक्त भई तालिम सम्पन्न गरी कार्यक्षेत्र जान लाग्नु भएका सम्पुर्ण म्यादी प्रहरीलाई सोमबार मिति २०७९।०७।१४ गते कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित एक कार्यक्रमका बिच बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । नाबालिक बलात्कार मुद्दामा हिरासतमा रहेका लामिछानेविरुद्ध १२ वर्ष कैद माग गर्दै अदालतमा मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भएसँगै लामिछानेलाई अदालत लगिँदै छ । सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि न्यौपानेका अनुसार थुनछेक बहस आजै सुरू […]
उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आइतबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताए । आगलागीबाट झण्डै ४६ लाख रुपैयाँको क्षति भएको […]
नेपालगंज उपमहानगरपालिका-५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागीमा परी बर्दिया मधुवन नगरपालिका-८ बस्ने २३ वर्षीय समिर वलीको मृत्यु भएको हो। आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु […]
(ABC-Sanchar) काठमाडौँ । काँग्रेस नेता डा. शशाङ्क कोइराला चुनावी अभियानका क्रममा बिरामी परेका छन्। आइतबार नवलपरासीको अमरापुरीमा भएको चुनावी कार्यक्रममा उनी बेहोस भएका हुन्। उनी मंसिर ४ गते हुने चुनावका लागि नवलपरासी पूर्व-१ बाट गठबन्धनका उम्मेदवार छन्। बेहोस भएपछि उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ। कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख छ। उनको होस […]
ABC (क्राईमबिट) पत्रकार गुप्तामाथि सामुहिक कुटपिट गर्नेलाई एसपी अधिकारीद्वारा पक्राउ गर्न निर्देशन ABC (क्राईमबिट) बाँके । समाचारको विषयलाई लिएर नेपालगन्जमा पत्रकार माथि ज्यानमारा आक्रमण भएको छ । समाचार संकलनका क्रममा एक्सप्रेस सिटी मिडिया हाउस प्र. लि. द्वारा सञ्चालित एक्स्प्रेस सिटी न्यूज डटकमका प्रधानसम्पादक अमित गुप्ता माथि सामुहिक रुपमा भएको आक्रमण प्रति उक्त मिडियाले एक प्रेस […]
काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया […]
अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । कारागारमा लागुऔषध ओसारेको आरोपमा प्रहरी सहायक हवल्दार अपिल भाट पक्राउ परेका हुन्। गत ३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६ बस्ने ३३ वर्षीय यादवकुमार चौधरीको बयानका आधारमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका […]
नेपाल प्रहरीमा एआइजीको उमेरहद सच्याउने प्रस्ताव मन्त्रिपरिषद्मा अलपत्र परेको छ । अर्थमन्त्री जनार्दन शर्माले एआइजीको अनिवार्य अवकाशको उमेरहद ५६ बाट ५८ वर्ष बनाउने प्रस्ताव गरेका थिए । निर्वाचन आचारसंहिताका कारण त्यससम्बन्धि निर्णय हुन सकेको छैन । अवकाश हुन लागेका एआइजीद्वय अरुण बिसी र रबिन्द्रबहादुर धानुकलाई लक्षित गरी अर्थमन्त्रीले यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर, […]
पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा ३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ५५२ जना सक्रिय संक्रमित रहेका छन् । […]