२३ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

समाचार

नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ जारी

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ सुनुवाई सर्वोच्च अदालतमा सुरु भएको छ । कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो । अहिले अधिवक्ता लीलामणि पौडेलले बहस गरिरहेका छन् । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । […]

(ABC=SANCHAR) चितवन । राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन […]

ABC (काईमबिट) काठमाडौं । वन्यजन्तुको अवैध कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई कोटेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका ९ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला छन्। आइतबार राति पौने ८ बजे काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा […]

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सबै प्रदेश र काठमाडौँ उपत्यकामा स्थानीय निर्वाचनमा निकासा भएको बजेटको खर्चबारे अनुगमन गर्न टोली परिचालन गरेको छ । आइजिपी धिरजप्रताप सिंहले ७ प्रदेश र उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा अनुगमन टिम परिचालन गरेका हुन् । स्थानीय निर्वाचनमा निकासा भएको बजेटको खर्च पारदर्शिताबारे अनुगमन गर्न ८ जना […]

(ABC=SANCHAR) काठमाडौं । पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० […]

  ABC (क्राईमबिट) काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । खरेलले आगामी संसदीय चुनाव लड्ने घोषणा गरेका हुन् ।

(ABC=SANCHAR) हेटौँडा । पशुपतिनगरमा भारतीय ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। भारतबाट ग्यास बोकेर आएको एनएल-०१एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौँडा बजारतर्फ आउँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा बाबु-छोरीको मृत्यु भएको प्रहरी जनाएको छ। घटनामा ५५ वर्षीय बाबु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना […]

(ABC=SANCHAR) तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका-४ टावरमा एक बालिका घाइते भएकी छिन्। आठ वर्षीया रियाना थापा शनिबार साँझ चितुवाको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ। चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए। घाइते बालिकाको […]

ABC (क्राईमबिट) भैरहवा । सिद्धार्थनगर(३ स्थित उक्त होटेल बाहिर भुईँमा लडेको अवस्थामा भेटिएका युवा होटेलमा साथीसँग वर्थ डामे मनोरञ्जन गर्न आएका थिए । शुक्रबार साँझ होटेल आएका मृतक रुपन्देही कोटहीमाई ५ का २४ वर्षीय अमित यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ । भैरहवा बसपार्क नजिकै रहेको होटेलमा शुक्रबार राति सात जनाको समूहमा […]

(ABC=SANCHAR) विराटनगर । ढाट सुकुमबासी टोलकी ५८ वर्षीय मालसरी राईको आफ्नै घर छेउमै छ, सेनिटरी प्याड उत्पादन गर्ने उद्योग । उक्त उद्योगमा काम गर्न थालेको उनको १७ वर्ष भयो । जस्मिन हाइजिङ प्रोडक्ट प्रालिमा कार्यरत उनी यहींको कमाइले ४ जनाको परिवार पालिरहेकी छिन् । बूढीगंगा–१ मोरङकी अनिता खड्काले पनि सो उद्योगमा काम गरेको १७ वर्ष […]

error: Content is protected !!