पाल्पा । रामपुर बिश्व बाल श्रम बिरुद्द दिवस”को अवसरमा जि.पाल्पा रामपुर नगरपालिका वडा नम्वर ६ टुटुवाघाटमा ट्रिपर र ट्याक्टरमा काम गर्ने चालक, सह-चालक, श्रमिकहरु ६० जना तथा रामपुर नगरपालिकाको नगर प्रहरीहरुको सहभागितामा बाल अधिकार, बाल श्रम, ट्राफिक सचेतना, ओभरलोड, सम्बन्धि सचेतनामुलुक कार्यक्रम सम्पन्न गरियो ।
धनगढी । कैलालीको भजनी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो। गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन्। दुवैलाई गोली लागेको छ। घाइते उनीहरुलाई अहिले अस्पताल लगिएको प्रहरीले जानकारी दियो। कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार विभिन्न आपराधिक क्रियाकलापमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण गरेपछि […]
काठमाडौँ । न्यायाधीश खुसीप्रसाद थारुलाई कालो मसी छ्यापेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । नेकपा बहुमतमा आबद्ध तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका एक जना अधिकृतले बताए । वीरगन्जस्थित उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार आरोपीहरूले चेम्बरमा बसिरहेको अवस्थामा कालो मसी छ्यापेका हुन् । न्यायाधिीशद्व खुसीप्रसाद थारु र अर्जुन […]
काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार गरेका छन् । उनीहरूले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
काठमाडौं । बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्। सफलले पत्रमा आफू ‘एक देशभक्त नागरिक’ भनेर उल्लेख गरेका छन्। ‘काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले केही महिनाअघि महानगरमा बिना प्रतिस्पर्धा बिना टेन्डर र बिना कोटेसन करिब एक करोड रुपैया मूल्य बराबरको लिफ्ट जडान गरेका छन्,’ सफलको उजुरीमा भनिएको छ, […]
भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना घटनाको थप विवरण आउन बाँकी काठमाडौं । भारतबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। एजेन्सी
काठमाडौं । नेपाल प्रहरीका डिआइजीहरुको बढुवा तथा पदास्थपन भएसँगै एसपीहरु एसएसपी बढुवाका लागि दौडधुपमा लागेका हुन्। प्रधान कार्यालयले रिक्त एसएसपी पदमा बढुवाको तयारी थालेको छ। अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएपनि उनको कारवाही नै फुकुवा भैसकेको छैन। राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका बस्नेतको पाँच वर्षे कारवाही फुकुवा नभएका कारण उनको बढुवा संभावना निकै […]
काठमाडौं। हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]
सिरहा । घुमुवा’ अर्थात् सादा पोसाकका प्रहरी । नेपाल प्रहरीमा गोप्य सूचना संकलन गर्न घुमुवा राख्ने प्रचलन छ । नागरिकको सुरक्षा र अपराध नियन्त्रणमा सघाउने मनसायले राखिएका घुमुवा प्रहरी पछिल्लो पटक जिम्मेवारी छाडेर ‘शतप्रतिशत’ महिनावारी उठाउन सक्रिय रहेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सिरहाको गोप्य सूचनाको संकलनको गर्न सदा पोशाकमा खटाएको घुमुवाहरु आर्थिक आतंक नै […]
दाङ । दंगीशरण गाउँपालिका २ बाघिचिरा स्थित सिचाइँ ड्याम नजिकको जंगलमा जलेको अबस्थामा एक थान पल्सर मोटरसाइकल फेला परेको छ। प्राप्त जानकारीअनुसार, इञ्जिन नम्बर DHYRJB62723 र चेसिस नम्बर MD2A11CY3JPB00012 भएको १५० सिसी क्षमताको मोटरसाइकल जेठ २५ वा २६ गते जलेर नष्ट भएको अनुमान गरिएको छ। घटनाको सूचना प्राप्त भएपछि प्रहरी चौकी गोल्टाकुरीबाट प्रहरी निरीक्षक कनैया […]