१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

समाचार

शुक्रबार तपाईंको राशिफल

माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष आज आत्मविश्वास उच्च रहनेछ। अध्ययन, अनुसन्धान वा नयाँ कार्य योजनामा मन जानेछ। साथी वा नजिकका मानिससँग रमाइलो समय बित्नेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहन्छ। हतारमा निर्णय नगर्नुहोस्। वृष समाजमा प्रतिष्ठा बढ्ने समय हो। व्यापारिक गतिविधिमा लाभको संकेत छ। घरमा खुसीयाली वातावरण बन्न सक्छ। खर्च बढ्ने सम्भावना […]

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १६, सर्रामा १८ वर्षअघि स्थापना भएको उमाशंकर बाल अस्पताल अहिले भग्नावशेषको रूपमा परिणत हुँदैछ । विशेषज्ञ बाल अस्पतालको रूपमा निर्माण गरिएको यो अस्पताल हालसम्म सञ्चालनमा आउन नसक्नु दुखद विडम्बना हो । क्षेत्रफल र भौतिक संरचनाको हिसाबले समृद्ध यो अस्पताल यतिबेला बेवारिसे अवस्थामा छ । घोराही–तुलसीपुर सडक खण्डको छेउमै अवस्थित […]

पर्सा । वीरगन्ज नाकाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोर्खाको गोर्खा नगरपालिका वडा नम्बर ४ की २८ वर्षीया सरिता सिर्मल रहेकी छन् । भदौं ३ गतेका दिन सिर्मलले मकवानपुर, संखुवासभा र सिन्धुपाल्चोकका तीन जना युवती र महिलालाई भारत लिएर जाँदै गरेको अवस्थामा वीरगन्जको इनर्वा नाकाबाट प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा सिर्मलले विभिन्न […]

काठमाडौं । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच ‘साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मुल नाराका साथ दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्‍घाटन गर्नुभएको हो । समारोहमा गृहमन्त्री लेखकले […]

बारा । मटिअर्वा सीमा इलाकामा खटिएको प्र.सि.सु. गुल्म मटिअर्वाको टोली सशस्त्र प्रहरी बल नेपाल, गण नं. १२ सशस्त्र प्रहरी नायब उपरीक्षक सुधीर खतिवडाको कमाण्डमा ले बुधवार कलैया उपमहानगरपालिका–१० मा भारतबाट मोटरसाइकलमार्फत ल्याइँदै गरेको अन्दाजी २ लाख रुपैयाँ मूल्य बराबरको सामानसहित तीनवटा मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरीका अनुसार उक्त सामानसहितको मूल्य करिब ४ लाख […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘निर्दोष नै हो’ भन्न सकिने अवस्था नरहेको बताएका छन्। उनले अदालतबाट जारी भएका आदेशहरूले नै लामिछानेको संलग्नतामाथि प्रश्न उठाएको संकेत गरे। बुधबार नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले सोधेको प्रश्नको जवाफ दिँदै आईजीपी थापाले उक्त प्रकरणमा प्रहरीले […]

काठमाडौं । डेंगीको जोखिम बढ्दै गएको छ। स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा संक्रमण पुष्टि भइसकेको छ। दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना संक्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ। वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका […]

माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष: दिन सामान्य छ। हरेक काममा साथीसँग एकता गर्नु उचित हुन्छ। सापट दिएको सम्पत्ति फिर्ता नहुने जोखिम छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट आंशिक नाफा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। वृष: दिन राम्रो छ। विदेशको धनले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिमा महत्त्वपूर्ण नियुक्ती मिल्नेछ। शिक्षा […]

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

error: Content is protected !!