काठमाडौं । शिल्पीहरूले मूर्तिहरू तयार पार्दै बजारमा बिक्रीका लागि ल्याएका छन्। पूजाको दिन भक्तजनहरूले पूजा र औजारको आराधना गर्छन्। विश्वकर्मा पूजा, हिन्दू परम्परामा देवताका वास्तुकार विश्वकर्मालाई समर्पित पर्व हो, जसमा औजार, कार्यस्थल र मेशिनहरूको पूजा गरेर समृद्धि, सुरक्षा र दक्षता प्राप्त हुने विश्वास गरिन्छ। यस पर्वले व्यक्तिहरू र समुदायहरूलाई औजार, मेशिन र दक्ष शिल्पीहरूको महत्व […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त कार्यमा संलग्न रहेको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरीले नेपालगन्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक पातलीले पाठक र टमाटालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बताए । पाठकले नेपालगगन्ज उपमहानगरपालिका, आन्तरिक […]
बारा । जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो करिब २ः५० बजे तनहुँस्थित २ नम्बर राजदल गणबाट धनुषातर्फ गइरहेका ४ वटा सेनाका ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको […]
काठमाडौं । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आगामी बिहीबार बिहान साढे ११ बजेका लागि फोनवार्ता गर्नेगरी तयारी गरिएको छ । मंगलबार नै वार्ता हुने तयारी भएको भएपनि अन्तिम समयमा उनीहरूको वार्ता सरेको हो । ‘भोलि हाम्रोमा शोकबिदा दिइएको छ । सायद पर्सि बिहान साढे ११ बजे उनीहरूबीच फोनवार्ता हुनेछ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । गत भदौ […]
दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारका मन्त्रालय र प्रदेशसभा सुरक्षित राख्न सफल हुनुभयाे । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय, सम्पूर्ण मन्त्रालय, प्रदेशसभा संगै सम्पूर्ण सरकारी कार्यालय, पार्टी कार्यालय र नेताहरूकाे निजी सम्पत्ति सुरक्षित बनाउन सबै भन्दा ठुलाे भूमिका ईलाका प्रहरी कार्यालय भालुवाङका इन्सपेक्टर पुष्करसिंह ऐरीकाे छ ।उहाँले आन्दाेलनरत पक्ष संग निकै समन्वय गर्दै हुन सक्ने […]
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन् । सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका भवन […]
काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका हुन् । उनले भने, ‘अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय भवन बनाइने छ।’ प्रचण्ड मंगलबार मध्याह्न क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनका लागि पेरिसडाँडा पुगेका […]
काठमाडौं । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका संख्या ७३ पुगेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए । प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा छन् । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा २१ […]
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा सुविधा नलिने घोषणा गरे । मन्त्रीहरुले सरकारी सुविधा र तलबभत्ता नलिने घोषणा गर्दा कतिपयले प्रशंसा पनि गरेका छन् । तर यसप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विप्लवको भने फरक धारणा छ । उनले यसलाई ‘जनतामा भ्रम छर्ने’ अभिव्यक्ति भनेर व्याख्या गरेका छन् । सुशीला […]
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १० जनाको आज मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जना गरी १० मृतकको अन्त्येष्टि गरिन लागेको हो । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको अन्त्येष्टि भइसकेको छ। सरकारले मृतकहरूको […]